काठमाडौं– आफूविरुद्ध ब,’लात्कारको जा’हेरी परेपछि लुकेर बसेका अभिनेता पल शाहले प्रहरीसामु आत्मसमर्पण गर्ने भएका छन्। शाहले सामाजिक सञ्जालमार्फत प्रहरीसामु आत्मसमर्पण गर्न लागेको बताएका हुन्।
शाहले आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको र आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन भइरहँदा आफ्नो कारण फिल्मलाई असर पर्ने डरले प्रहरीको सम्पर्कमा नआएको उल्लेख गरेका छन्। शाहले फेसबुकमा लेखेका छन्, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरीसामु म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु।’
शाहवि’रुद्ध केही दिनअघि एक ना’बालिग गायिकाले ब,’लात्कारको जा’हेरी दिएकी थिइन्। तनहुँ प्रहरीमा उनले जा’हेरी दिएसँगै प्रहरीले पलको खोजी गरिरहेको थियो। तर, उनी सम्पर्कमा आएका थिएनन्। यसबीच प्रदर्शन भइरहेको उनी अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’का निर्देशक सुदर्शन थापालगायत पल निकट मान्छेसँग पनि प्रहरीले सोधपुछ गरेको थियो।
आफ्ना व्यक्तिगत कारणले प्रहरी सामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन्। यस्तो छ उनको स्टाटस- नमस्कार सबैमा ,मेरो आफ्नो स्वास्थ्य स्थिती बि’ग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउछु २” गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण
फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा मा’फी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिकृया दिनुहोस्