Tuesday, March 21

अभिनेता पल शाहलाई ७ दिन हि रासतमा राखेर अनु’ सन्धान गर्न अदालतको अ’ नुमति

February 27, 2022 548

तनहुँ – एक १७ वर्षीया गायिकालाई बला’ त्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अ’नुसन्धान गर्न अदालतले अनुमति दिएकाे छ ।

अभिनेता शाहले आज आइतवार जिल्ला प्रहरी कार्यालय तनहुँमा आ’त्मस’मर्पण गरेपछि तनहुँ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अभिनेता पल शाहले आज दिउँसो १२ः १५ बजे जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसर्पण गरेका थिए । आ त्मसमर्पण गरेका शाहलाई आज नै दमौली अस्पतालमा स्वास्थ्य परीक्षण, जिल्ला सरकारी वकिल कार्यालयमा बयान र तनहुँ जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा गएकाे फागुन ११ गते उजुरी दर्ता भएपछि फ’रार रहेका भनिएका नायक शाहले आज बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै स्वास्थ्यमा देखिएको समस्याका र केही घरायसी व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसके उल्लेख गरेका थिए ।

प्रहरी सम्पर्कमा आएका अभिनेता शाहसँग आवश्यक सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयाे । -उज्यालोअनलाईनबाट

प्रतिकृया दिनुहोस्