काठमाडौं। युक्रेनमा विगत ५ दिनदेखि जारी युद्धले यहाँका जनताको जीवन तहसनहस पारिदिएको छ । यहाँका मानिसहरु ज्यान बचाएर पोल्याण्ड र अन्य छिमेकी देशमा पुगिरहेका छन् । तर, एक परिवार यस्तो पनि छ जो एक यु,द्धबाट बचेर युक्रेन पुगेका थिए तर उनीहरुले यो नयाँ युद्धका कारण युक्रेन पनि छोड्नु परेको छ ।
अफगानिस्तानमा तालिबानको कब्जा भएपछि त्यहाँबाट भागेका अजमल रहमानीलाई लागेको थियो कि उनी युक्रेनमा शान्तिपूर्वक बाँच्न पाउनेछन् । तर, यही हप्ता उनी आफ्नो परिवारसहित फेरि भाग्नुपर्यो । यस पटक रुसी बम विष्फोटका कारण उनी युक्रेन छोडेर पोल्याण्ड भागेका छन्।
रहमानीले पोल्याण्ड प्रवेश गरेलगत्तै समाचार एजेन्सी एएफपीसँग भने ‘म एउटा यु,द्धबाट भागेर अर्को देशमा आएको हुँ र यहाँ अर्को युद्ध सुरु भयो । धेरै दुर्भाग्यको कुरा हो ।’ ७ वषृकी छोरी मारवा, ११ वर्षका छोरा उमर र पत्नी मीनालाई लिएर अजमलले युक्रेनी पक्षमा ग्रिडलकका कारण ३० किलोमिटर पैदल हिँड्नु पर्यो ।
पोल्याण्डको मेड्यका यो परिवार अन्य शरणार्थीहरुको साथमा एक बसको प्रतिक्षा गरिरहेको थियो जसले उनीहरुलाई नजिकैको सहर प्रेजेमिस्ल लैजानेछ ।
प्रतिकृया दिनुहोस्