Monday, March 20

नायक पल शाह प्रकरणमा पूर्व मिस नेपाल श्रृङ्खलाले यसो भनिन्

March 2, 2022 855

काठमाडौं-पल शाह प्रकरण यतिबेला गर्माएको छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । उनी हिरासतमा गएपछि कोही पलको पक्षमा छन् भने कोही पीडित बालिकाको पक्षमा छन् ।

प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुलेर बोल्न थालेका छन् । उनीहरुले यस बिषयमा गम्भीर हुन,नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आह्वान छन् । यसैबिच पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पनि पीडित बालिकाको पक्षमा खुलेरै बोलेकी छन् ।

उनले एउटा वयस्कले नाबालिगमाथि यौनसम्बन्ध स्थापित गर्नु कानुन विपरित भएको बताएकी छन् । यस्ता कानुन वयस्कहरुलाई यस्ता नाबालिगको खोजी गर्नबाट रोक्नमा मद्दत गर्नका लागि बनाइएका हुन् जुन सजिलै प्रभावित हुन सक्छन् वा आफैंले कुनै निर्णय लिन असमर्थ हुनसक्छन् वा जसले महसुस गर्छन् कि उनीहरुसँग यो मामिलामा कुनै विकल्प नै छैन उनी भन्छिन् ।

उनले अगाडी भन्छिन् म ती नाबालिगका लागि प्रार्थना गर्छु । यस्तो घृणा सहन असाध्यै नै गाह्रो हुन्छ । आत्मबल बलियो राख्नु । हामी तिम्रो साथमा छौँ,बहिनी । नाबालिगसँग यौ नसम्बन्ध स्थापित गर्नु अ पराध हो ।

यसमा कुनै यदि र तर लागु हुँदैनन् । पीडितलाई आरोप लगाउने गल्ती नगर्नुहोस् । त्यो सम्बन्धले युवतीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने कुरा तपार्ईंले कल्पना गर्न सक्नुहुन्छ रुहो,उनी जताततै अन्तरवार्तामा पनि आएकी छिन् तर यी सबै के हुन् भन्ने कुरा बुझ्न उनी परिपक्व छैनन् । यो मुद्दामा म चेतनाको असाध्यै ठूलो कमी देख्छु ।

नाबालिगसँगको यौ  न सम्बन्धबारे किन कानुन बनाइएका छन् भनेर गुगलमा खोजी गर्नुहोस् । यदि कसैले पीडकलाई समर्थन गरिरहेको देख्नुहुन्छ भने उनीहरुलाई मेसेज गर्नुहोस्,कमेन्ट गर्नुहोस् । तपाईंहरुले जे सक्नुहुन्छ,त्यो गर्नुहुन्छ । तपाईंहरुले यो किन गलत हो भनेर बुझाउन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्