Saturday, July 2

टिक-टकमा असाध्यै धेरै रुचाइएको गीत “मनैमा शितलो”ले युट्युवमा कमायो ५० लाख भ्युज (भिडियो सहित)

March 5, 2022 332

काठमाडौं : पछिल्लो समय टिकटकमा असाध्यै धेरै रुचाइएको गीत हो “मनैमा शितलो” बोलको गीत। गीतलाई रिलिज भएलगत्तै दर्शक स्रोताले अत्याधिक माया गरे। लाखौं बढी टिकटक बने। त्यस्तै, दिनप्रतिदिन लाखौं भ्युज युट्युबमा मिल्दै गयो गीतलाई।

त्यसो त, गीतले टिकटकमा मात्र होइन युट्युब, फेसबुक लगायतका सामाजिक संजालमा पनि निकै लोकप्रियता पायो र पाइरहेको पनि छ यतिबेला। प्रबिन भट्ट र पुजा देवकोटाको सुमधुर आवाज रहेको गीतमा छ। मेलोडियस संगीतले भरिएको गीतका संगीतकार प्रशान्त पौडेल हुन् । गीतको शब्द पनि प्रशान्तले नै लेखेका हुन् ।

एचबिएन किस्मतको संगीत संयोजन रहेको गीतको अडियो भिडियो दुबै उत्कृष्ट छ। फलस्वरूप रिलिज भएको छोटो समयमा गीतले चौतर्फी तारफ सहित युट्युबमा ५० लाख बढी भ्युज पाउन सफल भएको छ। “भिडियो भकारी” नामक युट्युब च्यानलबाट रिलिज भएको गीतलाई २ हप्ताको दौरानमा ५० लाख बढी भ्युज, ९८ हजार बढी लाइक अनि २५ सय बढी सकारात्मक कमेन्ट युट्युबमा मिलेको छ।

गीतको अडियो भिडियो दुबैको तारिफ गरिएको छ। गायिका पुजा देवकोटासंगै गायक प्रबिन भट्टको गायिकीलाई पनि प्रशंसा मिलेको छ। म्युजिक भिडियो सम्पादनमा पोख्त प्रबिन योजना गीतबाट गायनमा पनि अब्बल छन् है भनेर प्रमाणित भएका छन् ।

प्रबिनलाई गायनमा पनि रुचाइएको छ। दर्शकले गायनमा पनि आफुलाई रुचाउँदा यतिबेला खुशी छन् प्रबिन। त्यसो त, पुजा पनि खुशी छिन् ।

बजारमा आइरहेका गीतहरू भन्दा नितान्त फरक लाग्ने गीतको अडियो निकै मेलोडियस छ। अझ भन्नू पर्दा पृथक छ। गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ। किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ।

भिडियोमा लोकप्रिय कलाकार हरिश निरौला “कक्रोज” र पेरिशा कँडेल फिचर्ड छन् । सधैझै कक्रोजको आवरणमा म्युजिक भिडियोमा देखिँदै आएका हरिश यस् भिडियोमा भने अलि भिन्नै देखिएका छन् ।

कक्रोज नभएर वास्तविक हरिशकै भुमिकामा देखिएका छन् उनी। सायद यस्तो भुमिकामा हरिश पहिलोपटक फिचर्ड भएका हुन् । एउटा गाउंले युवको भुमिकामा हरिशलाई देख्न सकिन्छ भने गाउँले युवतीको भुमिकामा पेरिशालाई देख्न सकिन्छ भिडियोमा। हरिश र पेरिशाको जोडी गजब देखिएको छ।

युवा निर्देशक सागरबाबु भट्टको कथा र निर्देशन भिडियोमा रहेको छ। मौलिक गाउँले युवक र युवतीबीचको प्रेमकथालाई भिडियोमा उत्कृष्ट तरिकाले देखाइएको छ। भिडियो हेरिरहँदा साँच्चिकै भिडियोले गाउँको याद दिलाउँछ। गाउँको जंगल, घाँस दाउरा गर्ने जस्ता दृश्य भिडियोमा छन् ।

पोखरा र साराङकोटमा भिडियो खिचिएको हो। आकर्षक फ्रेममा अजय रेग्मीले भिडियो खिच्ने काम गरेका हुन् । भिडियोलाई यस् गीतका गायक प्रबिन भट्ट स्वयंले सम्पादन गरेका छन् । यतिबेला कक्रोजको भिन्नै लुक्सको पनि दर्शकले तारिफ गरिरहेका छन् ।

भिडियो..

प्रतिकृया दिनुहोस्