नवलपरासी, २४ फागुन । नाबालिक गायिका ब ला’त्कार गरेको अभियोगमा अनुसन्धान गर्न प्रहरी हि’रासतमा रहेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडा कोटमा पुर्याइएको छ । किशोरीले आफूलाई ब ला’त्कार गरेको अभि योगमा मुद्दा दर्ता गराएको २ सातापछि तनहुँ प्रहरी हि’रासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा ल्याएको प्रहरीले जानकारी दिएको छ ।
बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ। नाबालिक गायिकाले फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी थिइन्। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै अनुसन्धान का लागि पल शाहलाई पठाइदिन पत्राचार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै पल शाह विरु’द्ध उजुरी गैंडाकोट प्रहरीमा परेकाले यहाँ पनि उनका बारेमा अनुसन्धान गर्न परेकाले पठाइ दिनु भन्दै पत्राचार गरेको थियो। प्रहरीका अनुसार ती किशोरीले एउटा गीतको छायांकनको क्रममा गत चैत ७ गते गैंडाकोटको एक होटलमा आफूलाई ब ला’त्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा दुई साता अघि किटानी जाहेरी दिएकी थिइन् ।
प्रतिकृया दिनुहोस्