Sunday, April 2

“नाबालिगको संरक्षण गर्नुपर्छ” भन्दा मलाई श्रद्धाञ्जली लेखियो भन्दै रेखाले स्टेजबाटै पोखिन आ’ क्रोश (भिडियो सहित)

March 8, 2022 390

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । अभिनेत्री थापाले नबालिग गायिकाको पक्षमा आफूले बोल्दा समाजबाट दुत्कार सहनुपरेको गुनासो गरेकी छन् ।

नायिका रेखा थापाले नाबालिका हाम्रो समाजको दायित्व हो र उसलाई संरक्षण गर्नुपर्छ भन्दा आफुलाई ‘हार्दिक श्रद्धाञ्जली’ लेखिएको उल्लेख गर्दै त्यस्ता कुराले आफुहरु अझै सतीप्रथामा छौं कि क्याहो जस्तो महुसस भएको बताएकी छिन । महिला दिवसका सन्दर्भमा मंगलबार राजधानीमा आयोजित सडक बहस कार्यक्रममा बोल्दै रेखाले यस्तो बताएकी हुन् ।

पल शाह प्रकरणमा नाबालिगको पक्षमा अभिब्यक्ति दिएकी रेखाले यो बिषयमा चोकचोक र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरु जन्मिरहेको बताएकी छिन । उनले गल्लीगल्लीमा न्यायाधीश जन्मिएको भन्दै अदालतको काम भन्दै व्यङ्ग्य समेत गरेकी छिन । उनको अभिव्यक्तिपछि पलका प्रशंसकहरु उनीमाथि खनिए। कतिले गालीगलौज गरे भने कतिले उनलाई श्रद्धाञ्जली नै दिए ।

उनले अगाडी थपिन – ‘महिलालाई तिमीहरू सहेर बस, तिमीहरू नै खराब भन्ने खालको सोच देखियो । जसलाई हिंसा परेर बाहिर निस्केको हुन्छ, त्यै खराब भन्ने होला त ? चेतनाको स्तर कहिले बढ्छ हाम्रो ? महिलालाई श्रृंगारिक वस्तुको रूपमा मात्रै प्रस्तुत गरेर हुन्छ त ? हामी नडराउँ । म नेताको विरुद्धमा पनि जान सक्छु यदि गलत छ भने ।’

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘सडक बहस’ गरेको हो । राजधानीको प्रदर्शनीमार्गस्थित सडकमा ‘महिला : हिजो, आज र भोलि’ विषयमा सडक बहस भएको हो ।-इबिहानीपत्रिकाबाट।

तलको भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्