महानायक राजेश हमाल नेकपा एमालेमा प्रवेश गर्ने सम्भावना रहेको छ । उनलाई एमालेमा ल्याउन उक्त दलका नेताहरुले छलफल बढाएका छन् । हमालले राजनीतिमा आउने चाहना गरिरहेका छन् ।
नेपाली चलचित्र क्षेत्रका महानायक भनिने गरिएका हमाललाई एमाले भित्राउन अध्यक्ष केपी शर्मा ओलीसम्म कुरा पुगेको स्रोतले बतायो । ओलीले पनि लोकप्रीय अनुहारहरुलाई पार्टीमा ल्याउने प्रयास गरिरहेका छन् । महानायक राजेश हमालले काठमाडौंको मेयर हुने चाहना ब्यक्त गरेका छन् ।
बुधबार ‘राजेश हमाल अफिसियल’ युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको ‘अ डे विद राजेश हमाल’ नामक भ्लगको ट्रेलरमा महानायक हमालले काठमाडौंको मेयर हुने चाहना ब्यक्त गरेका हुन् ।त्यसोत, महानायक हमालले सार्वजनिक ट्रेलरमा नेताहरुले काठमाडौं व्यवस्थित गर्न नसकेको भन्दै मेयर हुने चाहना जाहेर गरेका हुन् ।
उनले भनेका छन्, ‘शहरलाई चाहिने खै, ब्यूटीफाई गर्ने भन्ने कुरामा चाँहि कसैको ध्यान गएको छैन । भाषणमा चाँहि भनिरहेका हुन्छन्, प्राक्टिकल्ली गर्ने सोच नपुगेर हो कि, ढंग नपुगेर हो कि ! एक चोटी यो काठमाडौं शहरको मेयर बन्नुपर्छ कि क्या हो म ।’
गाडीमा घुमिरहेका हमालले चालकसँग कुरा गर्दै शहरको अस्तब्यस्तताप्रति असन्तुष्टि जनाएका छन् । त्यस्तै सार्वजनिक ट्रेलरमा हमालले आफ्ना केही फिटनेस क्रियाकलापहरु समेत प्रस्तुत गरेका छन् ।
प्रतिकृया दिनुहोस्