चर्चित अभिनेता पल शाह तनहुँ प्र’हरीको हिरासतमा छन्। नाबालिग गायिकाले कर णी गरेको जाहेरी दिएपछि अभिनेता पल शाहले प्रहरी समक्ष आ’त्म’स’मर्पण गरे । त्यसपछि उनी अदालतको आदेश अनुसार प्रहरीको हिरासतमा छन् ।
शाहले विवाहको प्रलोभन देखाएर नाबालिगमाथि विभिन्न ठाउँमा कर णी गरेको भन्दै पीडित परिवारले तनहुँ र नवलपरासीमा प्र’हरीमा उजुरी दिएका थिए। उजुरीको चार दिनपछि शाहले आ’त्मसम’र्पण गरेका थिए।
यति बेला पल हिरासतमा हुँदा घरपरिवारमा तनावको सृजना भएको छ । पल बाहिर निस्किने आशामा बसेकी आमा धरै पि’डामा रहेको पलका म्यानेजरले बताएका छन् । पलका म्यानेजरले भने, आमा भनेको यस्तो चिज हो जस्ले छोराछोरीका लागि धेरै चिन्ता लिने गर्छिन ।
भोलिको कुरा के हो त्यो थाहा छैन तर पनि यसरी आरोप लगाई राख्दा, हिरासतमा आफ्नो छोरा जाँदै गर्दा जो सुकै आमालाई एउटा पिडा हुन्छ । पहिले पनि बिरामी हुनुहुन्थ्यो औषधि लिने गर्नु हुन्थ्यो अहिले झन् त्यो बढेर गएको बताएका छन् ।
मुलुकी अ’प’राध सं’हि’ताअन्तर्गत १८ वर्ष उमेर नपुगेकी किशोरीसँग सहमतिमै यौन सम्बन्ध राखेमा पनि कर णी नै मानिन्छ। उक्त कसुरमा बढीमा १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
यहीँ कानुनमा टेकेर प्रहरीले अनुसन्धान गरिरहेका बेला तनहुँ प्रहरी परिसर र सामाजिक सञ्जालमा भइरहेको हुलहुज्जत र अनुसन्धान प्रभावित पार्ने बहसलाई सम्बन्धित विद्यमान कानुनले नियन्त्रण गर्न जरुरी छ र अनुसन्धानलाई निष्पक्ष रुपमा निष्कर्षमा पुर्याई यथोचित न्याय दिनुपर्ने फौजदारी अपराध अनुसन्धान विज्ञको सुझाव छ।
बाँकी तलको भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्