काठमाण्डाै – सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य देश रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन: सुरु गर्ने निर्णय गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गर्नुभएको हो ।
मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको छ ।
कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरु जान पाएका थिएनन् । तर गएकाे जनवरी २८ तारिखदेखि मलेसियाले विभिन्न मापदण्डसहित विदेशी श्रमिकको भर्ना प्रक्रिया सुरु गरेकाे थियाे ।
याेसँगै त्यहाँ रहेकाे नेपाली दूतावासले पनि कामदार माग पत्र प्रमाणीकरणको काम सुरु गरिसकेकाे र माग प्रमाणिकरण भई आएकोले श्रम स्वीकृति प्रदान गर्न थालिएकाे मन्त्रालयले जनाएकाे छ ।-उज्योलोबाट
यो पनि… बहराइनबाट यसरि अपराधी ल्यायो प्रहरीले ! बहराइनबाट १६ वर्ष पछि यसरी समात्तिए ( भिडियो सहित )
नेपाल प्र’हरीले घ’टना भएको १५ वर्षपछि एक जना ह”त्याका आरोपीलाई बहराइनबाट प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा कास्की लेखनाथ सातमुहाने ठेगाना भएका ४६ वर्षीय अशोक गुरूङ छन् ।
कास्की जिल्लाको लेखनाथमा मजदुरी काम गरी बस्ने सुनसरी धरान घर भएका २० वर्षीय रोजन राईको ह”त्या भएको घ’टनामा उनी संलग्न रहेको प्र’हरीले जनाएको छ । २०६३ बैशाख २९ गते बेलुकी कु’टपिटबाट सख्त घा’इते भएका रोजन राईको उपचारको क्रममा २०६३ जेठ २ गते मृ”त्यु भएको थियो ।
घ’टनामा संलग्न अशोक गुरुङ घ’टनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा बहराईन गएका थिए । त्यसपछि उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं प’क्राउको लागि जिल्ला प्र’हरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते ईन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएको थियो ।
उनलाई बहराईनमा प”क्राउ गरिएको हो । उनलाई सम्बन्धित कसूरमा कारवाही गर्ने प्रयोजनार्थ प्र’हरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्र’हरीले मंगलबार नेपाल ल्याएको हो ।
गुरूङलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रह’री कार्यालय कास्कीलाई बुझाइने इन्टरपोल उक्त शाखाले जनाएको छ ।
पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस,
प्रतिकृया दिनुहोस्