Thursday, May 26

प्रकाश सपुतको “पिर” को चर्चा नसकिँदै फेरी नयाँ गीत “टेकमाया” सार्वजनिक (भि डियो सहित)

March 19, 2022 225

काठमाडौं / नेपाली गीत संगीत क्षेत्रमा मा आफ्नो छुट्टै पहिचान वनाउन सफल कलाकार श्रि कृष्ण बम मल्लको नयाँ गीत “टेकमया” सार्वजनिक भएको छ ।

बिगत लामो समय देखी गीत संगीत क्षेत्रमा सक्रिय रहेका मल्ल ले सिर्जना गरेका दर्जनौ गीत ले नेपाली गीत संगीत क्षेत्रमा निकै उत्कृष्ट स्थान पाएका छन। तेस्तै केहि महिना पहिले सार्वजनिक भएको मल्लकै लय सिर्जना मा रहेको गीत “डाडा घरे साइली” पनी निकै राम्रो स्थान पाएको छ। झन्डै ३करोडा दर्शक को नजर परेको छ उक्त गीत।

भखरै मात्रै सार्वजनिक भएको गीत “टेक माया” बोलको गीत पनी सार्वजनिक भएको छोटो समयमै दर्शक को मिठो प्रतिक्रिया पाएको छ। श्रि कृष्ण बम मल्ल र लक्ष्मी बल्को आफ्नै युट्युव च्यानल बाट सार्वजनिक गरीएको सो गीतमा स्वर , राम कृष्ण बम मल्ल र लक्ष्मी मल्ल ले दिएका छन । भने गीतको लय तथा शब्द सिर्जना श्रिकृष्ण बम मल्लकै रहेको छ।

मौसम हिमालीको उत्कृष्ट निर्देशन मा तयार भएको सो गीतको म्युजिक भिडियोमा अभिनय रहेको छ । प्रकाश सपुत, करिस्मा ढकालको नवराज उप्रेती ले छायांकन गरेको म्युजिक भिडियो लाई मनोज कार्की ले सम्पादन गरेका छन।

हेर्नुहोस् उक्त गीतको म्युजिक भिडियो।

प्रतिकृया दिनुहोस्