Wednesday, June 7

सलमान खानले नेपालबाट कार्यक्रम बापत चार करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने

March 24, 2022 344

काठमाडौं । बलिउडका सुपरस्टार सलमान खानले काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रमका लागि चार करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् । आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा हुने ‘द ब्याङ टुर रिलोडेड’का लागि सुपरस्टार सलमानले चार करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका हुन् ।

कार्यक्रमका आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टका अनुसार सलमान खानसहितका बलिउड कलाकारले पारिश्रमिकवापत् मात्रै नौ करोड ६० लाख रुपैयाँ लैजानेछन् ।

उक्त कार्यक्रमका लागि सुपरस्टार सलमान खानसहित अभिनेत्रीद्वय सोनाक्षी सिन्हा, ज्याकलीन फर्नान्डेज तथा प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्मालगायत नेपाल आउने भएका छन् ।

सुपरस्टार सलमानका भाई सोहेल खानको जेए इभेन्ट म्यानेजमेन्ट र ओडीसीको सहकार्यमा हुने उक्त कार्यक्रमका लागि सलमानसहितको टिम नेपालमा तीन दिन रहने जानकारी गराइएको छ ।

त्यसोत, बुधबार मात्रै भएको पर्यटनमन्त्री प्रेम ओसँगको भर्चुअल संवादमा सुपरस्टार खानले नेपाल आउन उत्साहित रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस्