Saturday, July 2

सबैले माया मारेकी प्रिती घरभाडा नदिएको भन्दै घरबेटीले निकालेकी प्रीती हिड्न थालिन्, हिड्दा सबै खु:शी (भिडियो सहित)

March 26, 2022 286

बुटवलको देबिनगरमा बसोबास गर्दै आएका प्रीति शाही नाम गरेकी एक महिला जो पछिल्लो समय निकै दु:खकष्ट झेलेर बाँचिरहेकी थिईन , उनी आज मिडियामा आएकी छिन । कोठाभाडा गरेर श्रीमान कृष्ण शाह र आठ महिनाको छोरिको साथमा बसिरहेकी उनि आफू भने फोक्सोको बिरामी रहेकीछिन र उनी अक्सिजनको सहाराले मात्र बाँचिरहेको कुरा हामी देख्न पनि सक्छौं । आफू बिरामी, कमजोर आर्थिक अबस्थाका कारण भाडा तिर्न नसकेपछी घरबेटीले घरबाट नै निकाल्दिएछ्न उनिहरुलाई ।

आफ्नो सामान समेत निकाल्ने मौका नदिई घरबेटीले नौ महिनाको भाडा नतिरेको बताउँदै यस्तो दु:खद घडिमा घरबाट निकालिदिएपछी उनले मिडियालाई फोन गरेसँगै आज मिडिया उनि भएको ठाँउमा नै पुगेको छ । हाल उनिहरु एक मनकारी महिलाको शरणमा उनकै घरमा बसिरहेका रहेछ्न । प्रीतीका अनुसार घरभाडा तिर्न नसकेपछी आफूहरुलाई घरबेटीले गलहत्ताएर सामान नै नदिई निकालेको र हाल एक मनकारी दिदिको शरणमा उनकै घरमा बस्दै आएका रहेछ्न उनिहरु ।

कठै प्रीतिका श्रीमान कृष्ण डाको छाडेर रोए, जिन्दगीमा नरुने मान्छे म, अहिले निकै नै ठूलो समस्या आइलागेको बताउँछ्न उनि । श्रीमती र छोरिको स्याहारसुसारमा नै उनको समय ब्यतित हुने र आफूले काम पनि गर्न नपाएको उनको भनाई रहेको छ । कठै बरा ! कति सम्म बिजोग त ? घरबेटिका अगाडि आफ्ना सबै दु:ख पीडा खुलाउँदा पनि वास्ता नै नगरेको बताउँछ्न उनि । अब भने उनी कामको पनि खोजी गर्दै गरेको र एकठाँउमा झाडुपोछा लगाउने काम पाएको बताए ।

अझै पनि मानबता मरेको रहेनछ भन्ने कुराको ज्वलन्त उदाहरणको रुपमा प्रस्तुत महिला जसले यो परिवारलाई दुख पर्दा सहयोग गरेकि थिइन, उनी पनि मिडियामा आएर एकदुई शब्द बोलेकीछिन । कठै बरा ! मन नै थाम्न सकिनन उनले रुदै यसो भन्छिन उहाँहरुको अबस्था देखेर आफ्नो मनले नै नमानेको र घरैमा ल्याएर राखेको मैले । प्रीती पनि एकदमै बिरामी, ओछ्यानको ओछ्यान छिन, छाती दुख्ने, खोकी लाग्ने र बेलाबेला मुखबाट र ग त आउने उनका समस्या रहेका छ्न ।

आफूहरुले अलिअली गरेर भएपनि तपाईंको भाडा तिर्ने बाचा गरेको र केही समयको लागि बाँस दिनको लागि अनुरोध पनि गरेको तर घरबेटिले आफ्नो कुरा नसुनेर पैसा नदिएसम्म सामान नै नदिने बताउँदै गलहत्ताएर निकालिदिएको प्रीतिले बताइन । आफू बसेको ६ महिनामात्र भएको तर घरबेटिले ८ महिनाको भाँडा मागेको बताउँछिन उनी ।

एक्काईस हजार रुपैयाँ भाडा तिर्न बाँकी रहेको कुरा पनि उनले बताइन । गाँडिमा उपचार गर्न लैजादा अप्ठ्यारो, प्लेनमा अक्सिजनको अभाब, आफुले परिवारकै टेन्सनले राम्ररी काम पनि गर्न नपाएको बताउँछ्न कृष्ण । तर अहिले उनको राम्रो उपचार भएपछी अहिले उनि निकै खुशी देखिन्छन । घरभाडा नदिएको भन्दै घरबेटीले निकालेकी प्रीती शाही अहिले हिड्न थालेको छिन्, माया मारेकी प्रीति हिड्दा सबै दङ्ग परेका छ्न .

अब आउनुस उहा हरु सङ्ग गरिएको कुराकानी हेरौ-

प्रतिकृया दिनुहोस्