Saturday, October 1

कसले उढायो ‘ए मेरो हजुर ४’को ट्रेलर र गीत ?

March 31, 2022 358

काठमाडौं – चलचित्र ‘ए मेरो हजुर ४’को ट्रेलर र गीत युट्युबबाट उडेको छ । च्यानल ह्याक भएका कारण भिडियो युट्युब बाट उडेको बताइएको छ । बुढासुब्बा डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको फिल्मको सम्पूर्ण गीत देखी अन्य फिल्मका भिडियो समेत युट्युब बाट उडेको हो ।

भिडियो युट्युब बाट उडेपेछी निर्माण टिम र बुढा सुब्बा सञ्चालकहरू तनावमा छन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेको फिल्मलाई नायिका झरना थापाले निर्देशन गरेकी छिन् ।

पटकथा र संबाद भने स्व निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतीक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माको रहेको छ । फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका रहेको छ । चलचित्र प्रदर्शनको मुखमा यूट्युब च्यानल ह्याक भएर सम्पूर्ण प्रचार सामाग्री उडेपछि ‘ए मेरो हजुर ४’को टिम पनि तनावमा देखिएको छ ।

बुढासुब्बाको यूट्युब च्यानलमा चलचित्रको दुई गीत, टिजर र ट्रेलर सार्वजनिक भइसकेको थियो भने चारवटै प्रचार सामाग्रीलाई लाखौं भ्यूज मिलिसकेको थियो । बिहीवार निर्माण टिम सोही च्यानलबाट चलचित्रको नयाँ गीत सार्वजनिक गर्ने तयारीमा थियो ।

चलचित्रको डिजिटल राइट्स बुढासुब्बाले लिएका कारण पुनः गीत, टिजर र ट्रेलर यूट्युबबाट सार्वजनिक हुन सक्नेछ । तर, रिलिजको मुखमा लाखौं भ्यूज पाइसकेका चलचित्रका प्रचार सामाग्री यूट्युबबाट हट्दा निर्माण टिम अन्योलमा देखिएको छ । झरना थापाले निर्देशन गरेको चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, सरोज खनाल लगायतको अभिनय छ ।

प्रतिकृया दिनुहोस्