Sunday, April 2

सार्बजनिक भयो नायक पल शाह र नायिका एलिजा गौतम अभिनित म्युजिक भिडियो -हेर्नुहोस् [ भिडियो सहित ]

March 31, 2022 687

काठमाडौ । नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक ‘दिन्थे मुटु झिकी’ बोलको गितमा पवन ओलीको शब्द तथा संगीत सुन्न सकिन्छ । स्वर निसान भट्टराई र बिष्णु माझीको रहेको छ ।

गायक तथा संगीतकार ओलीले यसअघि खोलिमा पनि , बुटुवल बसपार्क परदेशको बास लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् । सार्वजनिक गीतलाई आशिस अविरलले एरेन्ज गरेका हुन् ।

शिब बिकले निर्देशन र कोरियोग्रफ़ि गरेको गीतलाई अर्जुन तिवारीले खिचेका हुन् ।

म्युजिक भिडियोमा सुरेश काफ्लेको ड्रोन, बिमला तामांगको मेकप , मिलन बिस्वकर्माको सम्पादन र पदम सुबेदीको ग्राफिक्स देख्न सकिन्छ । पवन ओली अफिसियलबाट सार्वजनिक गीत यतिबेला युट्युबको ट्रेण्डिङ्गमा समेत पर्न सफल छ ।

तलको भिडियो हेर्नुहोस्..

यो पनि… गायिका समिक्षाको ‘बजाई देउ’पछि सार्बजनिक भयो ‘हाँगाको फुल’को गित-हेर्नुहोस् (भिडियो सहित)

काठमाडौँ । चर्चित गीत कुरा काट्ने मान्छेले काटुनका गायक सुभाष पुरीको प्रस्तुतीमा अर्को नयाँ गीत हाँगाको फुलको भिडियो बजारमा आएको छ ।

लोकप्रिय गायिका समीक्षा अधिकारीको आवाजमा रहेको हाँगाको फुलले प्रेमका नाममा प्रेमीकालाई धोका दिने युवा जमातहरुको मार्मिक र यर्थाथ विषयलाई कलात्मक शैलीमा भिडियोमा देखाइएको छ ।

प्रेमीलाई आफ्नै ठानेर मनको घडेरी दिएपनि समयसँगै प्रेमी फेरीएको र बिचबाटोमा नै धोका दिएको कथालाई निर्देशक बिक्रम चौहानले गज्जबसँग भिडियोमा प्रस्तुत गरेका छन् । भिडियोमा टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल बिना राउत र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

दिनेशराज पुरीको शब्द शृजनामा नबिन कार्कीको संगीत रहेको गीतको छायांकन प्रकाश खड्काले गरेका हुन् भने मिलन बिकले सम्पादन गरेका हुन् ।

केही समय अघि मात्रै गायक सुभाष पुरी र गायिका समीक्षा अधिकारीको आवाजमा ‘बजाई देउ’ बोलको गीत बजारमा आएको थियो । जसको व्यापक चर्चा भएको थियो ।

तलको भिडियोमा हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्