Saturday, April 1

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य , कति पुग्यो त ? यस्तो छ मुल्य सुची..

April 6, 2022 719

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै डिजेल र मट्टितेल पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ ।

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने छ ।

प्रतिकृया दिनुहोस्