Wednesday, June 7

कोरियाले कृषिका लागि माग्यो १२ हजार आ प्रवासी कामदार…

April 7, 2022 896

दक्षिण कोरियाले यस बर्षको मध्यसम्ममा कृषि क्षेत्रमा काम गर्नका लागि १२ हजार आप्रवासी कामदार कोरिया लैजाने भएको छ।दि कोरिया टाइम्स्का अनुसार न्याय मन्त्रालयले विशेषगरी कृषि र माछा मार्ने कामका लागि यही बर्षको जुनसम्ममा ती कामदारहरु आफ्नो देशमा प्रवेश गराउने भएको छ।

देशमा आमन्त्रित कुल १२ हजार ३ सय ३० आप्रवासी कामदारहरू मध्ये, फिलिपिन्सबाट १ सय जना कामदार सोमबार कोरिया आइपुगेका छन, २ सय कामदार बुधबारसम्म आउने छन्।

याङगु काउन्टी सरकारले ३ सय फिलिपिनो कामदारहरूलाई पूर्वी ग्याङ्वोन प्रान्तको व्यस्त खेतीको सिजन अघिनै निमन्त्रणा गरेको छ।गत साता न्याय मन्त्रालयले देशमा १ लाख ३० हजार भन्दा बढी आप्रवासी कामदार र ९ सय ५० जना

माछा मार्ने जहाज चालक दलका लागिका सदस्यहरुको बसाई अवधि थप्ने निर्णय पनि गरेको थियो।मन्त्रालयले यो वर्षको छ महिनापछि माछा प्रशोधन गर्ने जनशक्तिको अभाव झेलिरहेका स्थानिय उद्योगहरूमा प्रवासी कामदारहरूलाई रोजगारी दिने योजना रहेको जानकारी पनि दिएको छ। नागरिक मा समाचार छ।

प्रतिकृया दिनुहोस्