Saturday, September 24

राजेन्द्र लिङ्देन र कृष्ण सिटौलाको क्षेत्रमा एमालेबाट दुर्गा प्रसाईं उम्मेद वार बन्ने !

April 9, 2022 421

काठमाडौं– यतिबेला स्थानीय तह चुनावको चहलपहल बढेको छ । तर, झापा क्षेत्र नम्बर ३ मा भने एक वर्षपछि हुने संसदीय चुनावको चर्चासमेत सुरु भएको छ ।

एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओलीबाट आफूले टिकट पाइसकेको भन्दै झापा क्षेत्र नम्बर ३ मा चुनावी अभियान थालेका छन् । स्रोतका अनुसार प्रसाईंले काँग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई टेलिफोन गरेर क्षेत्र नम्बर ३ मा

एमालेले आफूलाई खटाएको हुनाले उक्त क्षेत्रमा उम्मेदवार नबन्न आग्रह गरेका छन् । प्रसाईंले सिटौलालाई नाताले मामा भन्छन् । एमाले नेता प्रसाईंले सिटौलालाई फोनमा भने, ‘मामा म क्षेत्र नम्बर ३ मा एमालेबाट उठ्ने भएँ, तपाईँ अर्कै क्षेत्रमा गइदिनपर्‍यो ।’

झापा क्षेत्र नम्बर ३ यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जितेको क्षेत्र हो । ०७४ सालमा लिङ्देनले एमाले अध्यक्ष केपी ओलीको साथ पाएर जितेका थिए । सो निर्वाचनमा एमालेले ‘म्याच फिक्सिङ’ गर्दा सिटौला पराजित भएका थिए । यस पटक ओलीले मेडिकल व्यवसायी प्रसाईंलाई सो क्षेत्रमा

तयारी गर्न भनेपछि लिङ्देन र काँग्रेस नेता सिटौलामाथि थप दवाव पर्न थालेको छ । आगामी चुनावमा सो क्षेत्रमा एमालेका दुर्गा प्रसाईं, राप्रपाका लिङ्देन र काँग्रेसका सिटौलाबीच भिडन्त भएमा त्यो रोचक प्रतिस्पर्धा हुनेछ ।

यो पनि – कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले संविधानमा व्यवस्था भएको समावेशीताको मर्मलाई निर्वाचनमा पनि दलीय गठवन्धनले आत्मसात गर्नुपर्ने बताएका छन् । ‘स्थानीय निर्वाचनमा महिला उम्मेदवारीको वैधानिक व्यवस्था र कार्यान्वयन’ विषयक छलफलमा उनले संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये

कुनै एक पदमा दलहरुले अनिवार्य रुपमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्थाको आशय प्रमुख र उपप्रमुखमा एक जना महिला जित्नु पर्ने भन्ने रहेको बताए । ‘कुनै पनि गठबन्धनका नाममा महिलाको सहभागिता र प्रतिनिधित्व छुटाउनु हुँदैन । पछिल्लो राजनीतिक परिवर्तनपश्चात संविधानले हरेक निकायमा समावेशिताको अवधारणा कार्यान्वयनको अपेक्षा गरेको छ ।

यो भनेको अनिवार्य कार्यान्वयन गर्ने भनेको हो,’ महरको भनाइ छ । ५१ प्रतिशतभन्दा बढी महिलाको उपस्थिति तथ्यांकले देखाएको भन्दै महरले बहुमत जनसंख्या भएको महिला वर्गलाई थप प्राथमिकता राखेर निर्वाचन परिचालन गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्