Wednesday, March 29

अब कति दिनमा नि’ स्किन्छन् त पल शाह ? अधिवक्ताले गरे यस्तो ठोकुवा-हेर्नुहोस् (भिडियो सहित)

April 18, 2022 508

काठमाडौं :अभिनेता पल शाहलाई कर णीको आरोप लगाउने नाबालिग गायिकाले अदालतको बकपत्रमा बयान फेरेकी छन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा नाबालिगले आफूलाई शाहले कर णी नगरेको बयान दिएकी हुन् । उनले प्रहरीमा दिएको जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको र प्रहरी आफैँले बयान लेखेको दाबी समेत गरेकी छन् ।

अदालतमा बहस गरेका एक कानून व्यवसायीका अनुसार, नाबालिग गायिकाले अदालतसँगको बयानमा प्रहरीले ज’बर्ज’स्ती विभिन्न कागजजातहरुमा हस्ताक्षर गर्न लगाएको बताएकी छन् । नाबालिगले अचानक अदालतमा बयान फेर्नुले उनलाई होस्टाइल बनाइएको आशंका गरिएको छ । शाहविरुद्ध प्रहरीमा जाहेरी दिएका नाबालिगका बुवाको भने अदालतमा बकपत्र लिन बाँकी छ ।

नाबालिगले तनहुँ र नवलपरासी प्रहरी कार्यालयमा जाहेरी र बयान दिने क्रममा पल शाहले विभिन्न प्रलोभन देखाएर विभिन्न पटक करणी गरेको बताएकी थिइन् । पलले समेत तनहुँ जिल्ला अदालतमा बयानको क्रममा आफू म’दि’रा पि’ए’र बि’य’रको बोतल लिएर नाबालिगको कोठामा गएको स्वीकार गरेका थिए । तर, नाबालिगले नै बयान हेरेपछि यो मुद्दा कमजोर बनेको छ ।

नाबालिगले तनहुँ प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । गत फागुन १५ गते शाह स्वयं प्रहरीसमक्ष उपस्थित भएका थिए । नाबालिगका बुबाले ११ फागुनमा तनहुँ र फागुन १५ गते नवलपरासीको प्रहरी कार्यालयमा शाहविरुद्ध किटानी जाहेरी दिएका थिए । पल शाह अहिले अदालतको आदेशमा पुर्पक्षका लागि जिल्ला कारागार, तनहुँमा छन् ।

बयान फेर्दा मुद्दा के हुन्छ?
सरकारी वकिलले खासै फरक नपर्ने जिकिर गरेपछि स्वतन्त्र कानुन व्यवसायीहरु भने नाबालिगको हकमा संरक्षकको बयानले महत्व राख्ने बताउँछन्। ‘

‘यो मुद्दा टेक्निकल ग्राउण्ड के हो भने बाबुले जाहेरी दिएको छ। किशोरीले जाहेरी दिने, बयान फेर्नेसँग सरोकार छैन। किनभने यो अण्डर ऐज (उमेर नपुगेको) छ। यदि संरक्षक (बाबु) राखेर बकपत्र गरेको छ भने मुद्दामा पल शाहलाई धेरै फाइदा हुन्छ,’ मुद्दाबारे जानकार एक अधिवक्ताले भने, ‘बाबुले नै बयान फेरेको हो भने मुद्दा धेरै कमजोर हुन्छ।’

अर्का अधिवक्ताले यो घटना वर्षदिन अगाडिको भएकाले अरु प्रमाणले खासै अर्थ नराख्ने जिकिर गर्छन्। ‘अरु त्यस्तो छैन। किनभने यो एक वर्षअघिको घटना हो। न टेस्ट हुन्छ, न केही हुन्छ। भनाइका आधारमा मात्रै हो। भनाइ नै चेञ्ज गरेपछि महत्व नै रहेन। किटानी जाहेरी नै महत्वपूर्ण हो। त्यसबाट नै पछि हटेपछि अब केही बाँकी रहेन,’ उनले भने।

अर्का एक अधिवक्ताले यस्ता घटना दोहोरिँदा नेपालीको अनुसन्धान प्रणालीमै प्रश्न उठाएको बताए। ‘पुलिसले जे भन्यो मैले त्यहीअनुसार बयान दिए भनिराखेको छ भने पुलिसमा ज’ब’र्ज’स्ती गराइँदो रहेछ। मान्छेलाई बाध्य पारिँदोरहेछ भन्ने सन्देश जान्छ। यो घटना एउटा प्रतिनिधि पात्र मात्रै हो। यसले नेपालको होल इन्भेस्टिगेसन सिस्टममै प्रश्न उठाएको छ। योभन्दा अघिको अछामको फैसलालाई पनि यसमा उदाहरणका रुपमा लिन सकिन्छ,’ उनले भने।

बाँकी तलको भिडियोमा

प्रतिकृया दिनुहोस्