Sunday, April 2

यस्तो समाचार बाहिर आएपछि पल शाहकी बहिनीले गरिन खण्डन (भिडियो सहित)

April 19, 2022 779

काठमाण्डौ । नाबालिग भनिएकी पिडित गायिकाले केही दिन अघि मात्रै तनहुँ अदालतमा आफ्नो बयान फेरेसंगै पलको विषयमा अनेकौं टिकाटिप्पणी गरिंदै आएको विभिन्न सञ्चार माध्यमहरु जनाएका छन् । बयान फेरीको विषयमा कतिले पलले नै कारागारबाट पिडित भनिएकी नाबालिग गायिकालाई बिहेको प्रस्ताव पठाएको टिप्पणी गरेका छन् भने कतिले पलले आफ्नो पावरको दुरुपुयोग गरे भन्दै पललाई नै अझैं कारवाहीको माग समेत गरेको देखियो ।

यसै सन्दर्भमा सञ्चार माध्यमहरुले घटनालाई अर्को ट्वीस्ट दिने गरी समाचारका विभिन्न शिर्षकहरु बनाएर पल शाहकी बहीनी रोशनी राज्यलक्ष्मी शाहलाई नै मुछेको पनि देखियो । नाबालिग भनिएकी पिडित गायिकाले बयान फेर्नुको मुख्य कारण भने पलकी बहीनी रोशनी भएको समाचार सम्प्रेषण भएपछि बहीनी रोशनीले उक्त सबै समाचारको खण्डन गरेकी छन् । उनले आफुले न पिडित भनिएकी गायिकालाई कुनैप्रकारको प्रलोभन दिएको न त समाचार लेख्नेले नै आफुलाई सोधेर समाचार लेखेको बताएकी छन् ।

पलकी बहीनी रोशनीके भनाई अनुसार यस्ता खालका भ्रामक समाचार लेखेर अनुसन्धानको क्रममा रहेको हाम्रो मुद्यालाई कम्जोर बनाउने र बिथोल्ने प्रयास भईरहेको भन्दै यस्तो नगर्न सबै सञ्चार माध्यमहरुलाई आग्रह गरेकी छन् ।

उनले यसप्रकारको समाचारहरुमा कुनै प्रकारको सत्यता नभएको भन्दै आफ्नो दाई पलका फ्यानहरुले विश्वास नगर्न पनि आग्रह गरेकी छन् । पिडित भनिएकी गायिकाले बयान फेरेपछि भने हिजो अभिनेता पलको हातबाट हत्कडी फुकाईएको छ ।

भिडियो हेर्नुहोस्……

प्रतिकृया दिनुहोस्