Monday, March 20

”बहिनी स त्य बोलेर पललाई बचा’ यौ, अब म तिम्रो खुट्टा ढोग्छु, पललाई भेट्न तनहुँमा जय’ किशन” (भिडियो सहित)

April 19, 2022 794

नायक तथा कलाकार जय किशन बस्नेत प्रकरणको विषयमा बोल्दै भन्छन्,”पल शाह प्रकरणमा अन्ततः सत्य बोलेर पल लाई बचाएकोमा म तिम्रो खुट्टा ढोग्न चाहन्छु।”जयकिशनले पल शाह प्रकरणमा अभियानका क्रममा आफूले पलका न्यायका लागि विभिन्न स्थानमा पुगेका पनि थिए र आज न्याय पाउने संकेत देखिएकोमा आफू हर्षित भएको बताएका छन्।

हिजो पल शाहलाई छुटाउन र उसको न्यायका लागि लड्दा पनि निकै दिन सुत्न नपाएको र आज छुट्ने आशा देखाएकोमा पनि खुसीले निद्रा नलागेको उनले बताएका छन्।साथै उनले अन्तर्वार्ताका क्रममा पल शाहको वकालत गर्ने कतिपय वकिलहरूले समेत पल शाहको थर थाहा नपाएर पल थापा भनेर सम्बोधन गरिरहँदा आफूलाई यस्ता वकिलले न्याय दिने कुरामा सहयोग गर्न सक्लान् र भन्ने कुरामा आशंका उत्पन्न भएको उनले बताएका छन्।

साथै उनले भने,पल शाहले कुनै पैसा वा पावर लगाएको भए यतिबेला सम्म जेलमा रहने थिएनन् होला भनेर पनि आफ्नो दाबी प्रश्तुत गरेका छन्।किनभने यहि देशमा मान्छे मा रे र पनि केही पैसा र पावर लगाएर दुई दिनमै छुटेका उदाहरण भएको पनि उनले बताएका छन्।धेरैले यतिबेला त्यी बालिका गायिकाले बयान फेरिन् भनिरहेको बेला जयकिशन भन्छन्,”बयान फेरेको होइन उनले सत्य कुरा बोलेको हो।

त्यसको लागि म बहिनीलाई भेटेर खुट्टा ढोग्न चाहन्छु।उनको अपरिपक्वतालाई लिएर अरुले उनिमाथी खेल्ने मौका पाएको हो।अन्ततः सत्यकै जीत हुन्छ नभन्दै जीत हुने संकेत देखिएको र अबको केही दिनपछि नै नायक पल शाह अदालतको निर्णय अनुसार रिहाइ हुने कुरामा आफू विश्वस्त रहेको पनि नायक बस्नेतले जानकारी दिए।

उनले भने पललाई आफूले एउटा सहकर्मी र कलाकारको रुपमा नभइ मानवीयताका नाताले सहयोग गरेको हो।र पलसँग आफूले खासै फिल्म नखेलेको बिगतमा यद्यपि आफूभन्दा जुनियर र एक खालको मानवताका दृष्टिकोणले पनि उनलाई सहयोग अभियान चलाएको बताएका छन्।

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्