Wednesday, March 29

६ वर्षअघि अर्थात वैशाख १२ गते आजकै दिन गएको त्यो महाभूकम्प, सडकमा कुदेका गाडीहरू यसरी हल्लिए-त्यो कालो दिन (भिडियो सहित)

April 25, 2022 587

२०७२ वैशाख १२ को भूकम्पपछि ५० हजारभ`न्दा बढी परकम्प गएका छन् । त्यसदिन ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयताका कतिपय कम्पनलाई सर्वसाधारणले नयाँ भूकम्पका रूपमा बुझ्दै आए पनि भूकम्पविद्हरूले ‘आफ्टरसक’ अर्थात् परकम्प नै भएको बताएका छन् ।

‘बारपाक केन्द्र`बिन्दु बनेर भूकम्प जानुअघि जति ग्याप र जुन दरमा भूकम्प गइरहेका थिए, त्योभन्दा बढी दरमै भूक`म्प गइरहेका छन् । यसले के संकेत गर्छ भने परकम्पहरू अझै आइरहन्छन्, पूर्ववत् अवस्थामा पुग्न समय लाग्छ ।’केन्द्रले २०७२ वैशाख १२ पछि ४ म्याग्निच्युड र त्योभन्दा ठूला ५ सय ४८ वटा परकम्पबारे सर्वसाधारणलाई जानकारी गराएको छ ।

भूकम्पविद् एवं खानी तथा भूगर्भ विभाग`का पूर्वमहानिर्देशक सोमनाथ सापकोटाले गोरखा भूकम्पको दरार (रप्चर) बढी भएको क्षेत्रमा परकम्पहरू आउने क्रम जारी रहेको बताए । ‘गोरखादेखि दोलखा`सम्मको भागमा यस्ता आफ्टरसक आइरहन्छन्,’ उनले भने, ‘यसको मतलब जोखिम बढ्यो भन्ने होइन, रप्चर क्षेत्रमा यस्तो क्रम चलिरहन्छ ।’

त्यसो त, गत भदौ २४ गते पनि रप्चर क्षेत्रमा पर्ने धादिङलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यो पनि परकम्प हो । त्यसअघि भदौ १९ मा संखुवासभालाई केन्द्रबिन्दु बनाएर ४ र भदौ ९ गते बझाङलाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडका भूकम्प गएका थिए, तीचाहिँ गोरखा भूकम्पको दरारभन्दा बाहिर थिए । भदौ २६ गते पनि नेपाल–भारत सीमाक्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

छोटो अवधिमा पटक–पटक भूकम्प गइरहेकाले सर्वसा|धारणलाई भूकम्पीय जोखिम बढेको जस्तो लागे पनि विशेषज्ञहरू भने त्यसलाई सामान्य भनी व्याख्या गर्छन् । ‘नेपाल जहिल्यै भूकम्पीय जोखिममा छ,’ अधिकारी भन्छन्, ‘गोरखा भूकम्पअघि पनि भूकम्प आइरहेका थिए । अहिले आफ्टरसक आइरहेका छन् । भूकम्पीय जोखिम घट्यो र बढ्यो भनेर आकलन गर्न सकिन्न ।’

स्विट्जरल्यान्डको युनिभर्सिटी अफ लुजान|बाट भूकम्प शास्त्रमा विद्यावा`रिधि गरिरहेका शिव सुवेदी भने गोरखा भूकम्पको दरार बारपाकभन्दा पूर्वी क्षेत्रतिर भएकाले क्षति पनि गोरखादेखि दोलखा`सम्मको भागमा बढी भएको बता`उँछन् । ‘पश्चिमतिरको भागमा किन भूकम्पको दरार गएन भन्ने पत्ता लगाउन त्यही क्षेत्रको जमिनमुनिको अवस्था अध्ययन गर्नुपर्छ,’ उनको विश्लेषण छ, ‘सामान्यतः भूकम्प गइरहने स्था|नको जमिनमुनिको अवस्था धेरै अध्ययन गरिन्छ । पूर्वी र मध्य नेपालमुनिको जमिनको अध्ययन पश्चिम नेपालको भन्दा तुलनात्मक रूपमा बढी भएको छ ।’

सुवेदीका अनुसार नेपालको परिवेशमा सयौं वर्षको अन्तरालमा ठूलो भूकम्प जान्छ भन्न सकिन्छ । भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वमै ११ औं स्थानमा छ ।‘तर निश्चित अवधिमा, निश्चित समयमा, निश्चित स्थानमा, निश्चित म्याग्निच्युडको भूकम्प जान्छ भनेर पूर्वानुमान गर्न सम्भवै छैन,’ उनको भनाइ छ, ‘२०७२ पछि पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम बढी छ भन्नेमा विश्वका वैज्ञानिकहरू सहमत छन् ।’

केन्द्रका भूकम्पविद् अधिकारी पनि नेपालको पश्चिम भागमा भूक`म्पीय जोखि€म अन्यत्र भागमा भन्दा बढी भएको व्याख्या गर्छन् । ‘पश्चिम क्षेत्रमा विगत ५ सय वर्षभन्दा धेरै सम`यदेखि महा`भूकम्प वा विनाशकारी भूकम्प गएको छैन,’ उनले थपे, ‘जमिनमुनिको प्लेटको गति र जमिनमुनिको अवस्था`लगायत अन्य धेरै तथ्यको अध्ययन गरेर वैज्ञानिकहरू पश्चिम नेपालमा जुनसुकै बेला पनि विनाशकारी भूकम्प जान सक्छ भने निष्कर्षमा पुगेका छन् ।’

‘हिमालय टेक्टोनिक्स सेस्मो€लजी (भूकम्प)’ मा विद्यावा`रिधि गरेका दीपक चम्लागाईंका अनुसार नेपाल ‘मेन हिमालयन थ्रस्ट’ अन्तर्गत पर्छ । यो थ्रस्टकै कारण नेपाल सधैं भूकम्पीय जोखिममा परेको उनको विश्लेषण छ । ‘इन्डियन प्लेट र तिब्बती प्लेट`बीचको जब संघात (कोलिजन) हुन्छ, यो सञ्चित इनर्जीमा सिधै असर| गर्छ र तलबाट प्लेट माथितिर ठेलिन्छ,’ उनको टिप्पणी छ, ‘प्लेट माथितिर ठेलिँदा इनर्जी थेग्न नसकेर रिलिज हुन्छ र भूकम्प आउँछ ।’

इन्जिनियरिङ सिस्मोलजीमै इटालीबाट पोस्ट डक्टरेट गरेका चम्लागा$ईंका अनुसार अनु`सन्धानले काठमा$डौंसँगै वरिपरिको क्षेत्र झन् ठूलो भूकम्पीय जोखिममा रहेको देखाएको छ । भूक`म्प प्रविधि राष्ट्रिय समाजको प्रतिवेदनमा सन् १२५५ को अभिलेखअनुसार हिन्दु––यारलुब रेखामा पर्ने यो क्षेत्रमा सालाखाला हरेक ७५ वर्षमा ८ म्याग्निच्यु|डको भूकम्प जाने गरेको उल्लेख छ । १९९० मा ८.४ म्याग्निच्यु|डको भूकम्प गएको थियो ।

यसरी भूकम्प जानुको कारण हो– नेपा|लको दक्षिण सिमानाको सतहमुनि भएर गुज्रने लामो धाँजामा हुने नियमित हलचल, जहाँ ४ देखि ५ करोड वर्षर्अघि भार`तीय उपमहाद्वीपको चट्टान युरोसिया चट्टानसँग जुधे`को थियो । ‘भूविज्ञानका लागि भारतीय र युरेसिया चट्टान`बीचको संघात एक नमूना हो,’ हङकङ विश्वविद्या€लयका भौतिकशास्त्री डा. लुब एस चाब भन्छन्, ‘भारतीय प्लेट भन्ने गरिएको प्लेट एसियाको उत्तरतिर बसेको २ सेन्टिमिटरका दरले अगाडि बढि`रहेको छ । भौतिक विज्ञा`नका हिसाबमा यो ज्यादै द्रूत हो ।’

यी दुई प्लेटबीच घर्षण हुँदा पृथ्वीको माथिल्लो सतह चिरा–चिरा नपरुन्जेल तनाव र ऊर्जा पैदा भन्दै उनी भूकम्पलाई आणविक हतियारको विस्फोटनसँग तुलना गर्छन् ।नेपाल यस्तो थेचा`रिएको भनिएको धाँजामा परेको छ, जहा एक टेक्टोनिक प्लेट अर्कोमा`थि खप्टिन अघि सर्छ । यसको सर्वाधिक दृश्यमान परिणाम हिमशृंखला नै हो । यो धाँजा १४ सय माइल`सम्म पसारिएको छ ।

अनि भारतीय प्लेट र युरेसियन प्लेटबी`चको निरन्तर घर्षणले यी शृंख`लाको उचाइ हरेक वर्ष एक सेन्टिमि`टरले बढिरहेको छ । टेक्टोनिक प्लेटहरूको ऐतिहासिक अभिलेख र तीनको आधुनिक मापनले के देखाउँछ भने लगातार एकै खालको ऊर्जा संक`लन भइरह्यो भने यो क्रम हरेक ४० र ५० वर्षमा महा€भूकम्प जाने वैज्ञानिकहरू बताउँछन्विज्ञहरूका अ`नुसार शक्तिले धाँजा€मा चाप पैदा गर्ने जटिलताको अर्थ हो वैज्ञानिकहरू कुनै क्षेत्रमा सयमा कति पटक सालाखा`ला भूकम्प जान्छ भन्ने अनुमान गर्न|बाहेक अरु केही गर्न असमर्थ छन् ।

भूकम्पको पूर्वजानकारी कति सम्भव ?

धेरैले चासो राख्ने प्रश्न यही हो । ‘भूकम्पको पूर्वा`नुमान असम्भव छैन’, सुवेदी लेख्छन्, ‘सम्भाव्यता`सम्बन्धी केही अध्ययन भएका छन्, जुन पर्याप्त छैनन् ।’ विकसित मुलुक`हरूमा सयौंको संख्यामा उच्च क्वा`लिटीका सेस्मो`मिटर जडान गरि`एका हुन्छन्, जसले भूक`म्पको केही समयमै रेकर्ड गरेको तरंग केन्द्रीय सर्भ`रमा पठाउँछन् ।

वैज्ञानि`कहरूले त्यस्ता तरंगको अध्ययन गर्छन् र भूकम्प हो कि हैन, हो भने कहाँ कति म्याग्नि`चुडको हो जस्ता कुरा पत्ता लगा`उँछन् । उनका भनाइमा भूकम्प हो भन्ने नि`श्चित भ`एपछि प्रभावित हुन सक्ने क्षेत्रमा साव`धानी सन्देश पठाइन्छ । त्यसो हुँदा जन|धनको क्षति कम हुन्छ । यसलाई भूकम्प पूर्वचे`तावनी प्रणाली भनिन्छ ।

‘नेपालमा पनि पूर्वजा`नकारी असम्भव त छैन तर यसका लागि सेस्मो`मिटरको पर्याप्त जडान, विषय`विज्ञहरूको नि|यमित उपलब्धता, भूकम्प`सम्बन्धी चेतनाको अभिवृद्धि, गुणस्त|रीय सञ्चार प्रविधिलगायतले ठूलो अर्थ राख्छन्,’ उनको टिप्पणी छ, ‘जसका लागि नेपाल तयार भइसकेकै छैन ।’ जापान र अमेरि`काले यो प्रणालीको सफल`तापूर्वक प्रयोग गरि|रहेका छन् ।

२०७२ वैशाख १२ गते को भूकम्प सिसी टिभि फुटेजको भिडियो हेर्ने यहाँ थिच्नु`होस्

प्रतिकृया दिनुहोस्