Saturday, June 3

बालेन शाहबारे केशव स्थापितको यती कडा अभिव्यक्ती, भाइरल बन्यो भिडियो (हेर्नुस् भिडियो सहित)

April 28, 2022 826

8/काठमाडौं । काठमाडौं महानगरपालिकाको नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका केशव स्थापितले स्वतन्त्रबाट मेयरको उम्मेदवारी दर्ता गराएका बालेन शाहबारे पहिलो अभिव्यक्ती नै निकै कडा दिएका छन् ।

काठमाडौं महानगरपालिकाको नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका केशव स्थापितले स्वतन्त्रबाट मेयरको उम्मेदवारी दर्ता गराएका बालेन शाह उम्मेदवार नै नभएको टिप्पणी गरेका छन् । उनले बोलेको उक्त भिडियोलाई एमाले नेताकार्यकर्ता र समर्थकले सेयर गरेर भाइरल बनाइरहेका छन् ।

सत्तागठबन्धनका साझा उम्मेदवारको दोब्बर मत ल्याएर मेयर जित्ने दाबी गरेका स्थापितले काठमाडौंका मतदाताले अरुलाई किन भोट हाल्छन् भनेर प्रश्न समेत गरेका हुन् ।

सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंह र बालेन शाहहरुलाई सम्मानजनक भोट जाओस् भन्दै स्थापितले १ लाख बढी भोट आफूले ल्याउने र बाँकी उनीहरुले बाडचुड गरुन् भन्दै अभिव्यक्ती दिएका छन् । एक टेलिभिजनसँगको छोटो कुराकानी गर्दै स्थापितले यस्तो बताएका छन् ।

स्थापितले राष्ट्रियसभा गृहमा पुगेर उम्मेदवारी दिएपछि पनि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थापितले भनेका थिए, ‘म प्रमाणित मान्छे हुँ ।’ काठमाडौंमा नेपाली कांग्रेसको स्थायी भोट ४५ हजार रहेको, माओवादीले २०७४ मा पाएको ७ हजार कायम राख्ने र एकीकृत समाजवादीले तीन हजार थप्ने हो भने पनि ५५ हजार मात्र पुग्ने भन्दै उनले भनेका थिए, ‘गेम इज ओभर ८४ हजार भोट ल्याएको मान्छेलाई के चिन्ता ? गेम इज ओभर ।’ गठबन्धनको उम्मेदवारले भन्दा दोब्बर भोट ल्याएर जित्ने उनको दाबी छ । ‘गठबन्धनको डबल, लेखेर राख्नुस्,’।-‘ -प्रहारन्युजबाट।

बाकी तलको भिडियोमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुस

प्रतिकृया दिनुहोस्