काठमाडौँ । ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’मा अभिनय गरेर चर्चामा आएकी नायिका हुन् सुहाना थापा । अभिनेत्री झरना थापाको निर्देशनमा तयार भएको फिल्ममा अनमोल र सुहानाको जोडीलाई दर्शक रुचाए । कृष्ण भगवान माथी आस्था राख्ने सुहाना शान्त स्वभावकी छिन् ।
आँफुले वा आफ्नो टिमकले भुलवश कुनै गल्ती गरेमा शान्त तरिकाले आफ्ना कुरा राख्ने सुहानाले हालै सामाजिक सञ्जाल फेसबुक स्टोरीमा लामो चिठ्ठी लेख्दै यौनिक अल्पसङ्ख्यकसँग माफी मागेकी छिन्।
सुहानाले यौनिक अल्पसंख्यकलाई मजाकको विषय बनाउने आफूहरूको उद्देश्य नभएको कुरा राख्दै अन्जानमा त्यस्तो हुन गएकोमा माफी मागेकी हुन् ।
‘ए मेरो हजुर २’ र ‘३’ मा समलिंगी पात्रलाई चित्रण गरिएको उदाहरण दिँदै उनले गल्ती भएको र आगामी फिल्ममा यस्ता गल्ती नदोहोर्याउने वाचा गरेकी छिन् । फिल्म सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माता सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।-ताजाखबरबाट।
प्रतिकृया दिनुहोस्