काठमाडौं, १७ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि काठमाडौंको मेयरमा उम्मेदवारी दिएका बालेन शाहले “लौरो” चुनाव चिन्ह पाएका छन्।
आयोगले आज उम्मेद्धवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो । जसअनुसार शाहले लौरो चुनाव चिन्ह पाएका हुन् । शाहले काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर प्राप्त गरेका छन् ।
शाह स्वतन्त्रबाट उम्मेद्धवारी दिएर चर्चामा छन् । उनले ९० हजार भन्दा बढि मत ल्याएर जित हाँसिल गर्नेसमेत दाबी गर्दै आएका छन् ।
यो पनि.. बालेन शाहबारे केशव स्थापितको यती कडा अभिव्यक्ती, भाइरल बन्यो भिडियो (हेर्नुस् भिडियो सहित)
8/काठमाडौं । काठमाडौं महानगरपालिकाको नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका केशव स्थापितले स्वतन्त्रबाट मेयरको उम्मेदवारी दर्ता गराएका बालेन शाहबारे पहिलो अभिव्यक्ती नै निकै कडा दिएका छन् ।
काठमाडौं महानगरपालिकाको नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका केशव स्थापितले स्वतन्त्रबाट मेयरको उम्मेदवारी दर्ता गराएका बालेन शाह उम्मेदवार नै नभएको टिप्पणी गरेका छन् । उनले बोलेको उक्त भिडियोलाई एमाले नेताकार्यकर्ता र समर्थकले सेयर गरेर भाइरल बनाइरहेका छन् ।
सत्तागठबन्धनका साझा उम्मेदवारको दोब्बर मत ल्याएर मेयर जित्ने दाबी गरेका स्थापितले काठमाडौंका मतदाताले अरुलाई किन भोट हाल्छन् भनेर प्रश्न समेत गरेका हुन् ।
सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंह र बालेन शाहहरुलाई सम्मानजनक भोट जाओस् भन्दै स्थापितले १ लाख बढी भोट आफूले ल्याउने र बाँकी उनीहरुले बाडचुड गरुन् भन्दै अभिव्यक्ती दिएका छन् । एक टेलिभिजनसँगको छोटो कुराकानी गर्दै स्थापितले यस्तो बताएका छन् ।
स्थापितले राष्ट्रियसभा गृहमा पुगेर उम्मेदवारी दिएपछि पनि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थापितले भनेका थिए, ‘म प्रमाणित मान्छे हुँ ।’ काठमाडौंमा नेपाली कांग्रेसको स्थायी भोट ४५ हजार रहेको, माओवादीले २०७४ मा पाएको ७ हजार कायम राख्ने र एकीकृत समाजवादीले तीन हजार थप्ने हो भने पनि ५५ हजार मात्र पुग्ने भन्दै उनले भनेका थिए, ‘गेम इज ओभर ८४ हजार भोट ल्याएको मान्छेलाई के चिन्ता ? गेम इज ओभर ।’ गठबन्धनको उम्मेदवारले भन्दा दोब्बर भोट ल्याएर जित्ने उनको दाबी छ । ‘गठबन्धनको डबल, लेखेर राख्नुस्,’।-‘ -प्रहारन्युजबाट।
बाकी तलको भिडियोमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुस
प्रतिकृया दिनुहोस्