Sunday, April 2

कांग्रेसबाट बाहिरेका उमेद्वार जगन्नाथ पौडेलले पाए भुइँकटहर…

April 30, 2022 685

भरतपुर मेयरमा बागी उम्मेदवार दिएका जगन्नाथ पौडेलले चुनाव चिन्ह भुइँकटहर पाएका छन्।यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आज चुनाव चिन्ह वितरण गरेको हो।

मेयरका उम्मेदवार पौडेललाई फकाउन गृहमन्त्रीसमेत रहेका कांग्रेसका नेता बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले भरतपुर पठाएका थिए। तर उनीहरूले पौडेललाई फकाउन सकेनन्।

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन भने पनि उनले नमानेपछि उनलाई पार्टीबाट निष्कासन गरिएको थियो।

त्यसैले अबको निर्वाचनका पौडेलले भुइँकटहर चुनाव चिन्हबाट चुनाव लड्नेछन्।

यो पनि… काठमाडौंको मेयरमा उम्मेदवारी दिएका बालेन शाहले पाए चुनाव चिन्ह

काठमाडौं, १७ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि काठमाडौंको मेयरमा उम्मेदवारी दिएका बालेन शाहले “लौरो” चुनाव चिन्ह पाएका छन्।

आयोगले आज उम्मेद्धवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो । जसअनुसार शाहले लौरो चुनाव चिन्ह पाएका हुन् । शाहले काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर प्राप्त गरेका छन् ।

शाह स्वतन्त्रबाट उम्मेद्धवारी दिएर चर्चामा छन् । उनले ९० हजार भन्दा बढि मत ल्याएर जित हाँसिल गर्नेसमेत दाबी गर्दै आएका छन् ।

यो पनि.. बालेन शाहबारे केशव स्थापितको यती कडा अभिव्यक्ती, भाइरल बन्यो भिडियो (हेर्नुस् भिडियो सहित)

8/काठमाडौं । काठमाडौं महानगरपालिकाको नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका केशव स्थापितले स्वतन्त्रबाट मेयरको उम्मेदवारी दर्ता गराएका बालेन शाहबारे पहिलो अभिव्यक्ती नै निकै कडा दिएका छन् ।

काठमाडौं महानगरपालिकाको नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका केशव स्थापितले स्वतन्त्रबाट मेयरको उम्मेदवारी दर्ता गराएका बालेन शाह उम्मेदवार नै नभएको टिप्पणी गरेका छन् । उनले बोलेको उक्त भिडियोलाई एमाले नेताकार्यकर्ता र समर्थकले सेयर गरेर भाइरल बनाइरहेका छन् ।

सत्तागठबन्धनका साझा उम्मेदवारको दोब्बर मत ल्याएर मेयर जित्ने दाबी गरेका स्थापितले काठमाडौंका मतदाताले अरुलाई किन भोट हाल्छन् भनेर प्रश्न समेत गरेका हुन् ।

सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंह र बालेन शाहहरुलाई सम्मानजनक भोट जाओस् भन्दै स्थापितले १ लाख बढी भोट आफूले ल्याउने र बाँकी उनीहरुले बाडचुड गरुन् भन्दै अभिव्यक्ती दिएका छन् । एक टेलिभिजनसँगको छोटो कुराकानी गर्दै स्थापितले यस्तो बताएका छन् ।

स्थापितले राष्ट्रियसभा गृहमा पुगेर उम्मेदवारी दिएपछि पनि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थापितले भनेका थिए, ‘म प्रमाणित मान्छे हुँ ।’ काठमाडौंमा नेपाली कांग्रेसको स्थायी भोट ४५ हजार रहेको, माओवादीले २०७४ मा पाएको ७ हजार कायम राख्ने र एकीकृत समाजवादीले तीन हजार थप्ने हो भने पनि ५५ हजार मात्र पुग्ने भन्दै उनले भनेका थिए, ‘गेम इज ओभर ८४ हजार भोट ल्याएको मान्छेलाई के चिन्ता ? गेम इज ओभर ।’ गठबन्धनको उम्मेदवारले भन्दा दोब्बर भोट ल्याएर जित्ने उनको दाबी छ । ‘गठबन्धनको डबल, लेखेर राख्नुस्,’।-‘ -प्रहारन्युजबाट।

बाकी तलको भिडियोमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुस

प्रतिकृया दिनुहोस्