पल शाह र उनको बहिनिले आमाको मुख हेर्दै गरेको भिडियो अहिले एकदमै भाइरल भैरहेको छ । अहिले पल शाह कारागारमा भएपनि बहिनेले भने पल शाहको सम्झनालाई पनि समेटि आमाको मुख हेरेकि छिन् ।
गत वर्ष पल शाह र बहिनीले मातातिर्थमा बनाएको भिडियो यो समाचारको अन्त्यमा भिडियो सामाग्री राखेका छौं ।
केहिदिन अगाडि जिल्ला अदालत भित्र पल शाह र पी*डित भनिएकी नाबालिका र केहि साक्षीहरू आएका थिए। पल शाहको पक्षमा वकालत गरिरहेका वरिष्ठ अधिवक्ताले पल शाहले कहिले सम्म सफाई पाउँछन् भन्ने बारेमा सोधिएको थियो। बिहिबार गायक तथा मोडल दुर्गेश थापाको बक पत्र सकिएको थियो ।
पल शाहको पक्षमा वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले लाई भित्र के भयो भनेर सोध्दा यसो भनियो,’ पल शाहको के*शको प्रमाण हरु बुझ्ने काम भइरहेको छ जसमा चै जाहिर वालाको सुरुमा बकपत्र भयो त्यसपछि नेपाल सरकारको तर्फबाट अनु*सन्धानका क्रममा रहनुभएका तीन जना साक्षी हरुको बकपत्र भएको छ जसमा वहाँ हरुले घट*ना भयो भनेर भनिएको कुरा सत्य होइन भन्नुभएकोछ।’
एकदम धेरैलाई चासो रहेको विषय गायक दुर्गेश थापाले कस्तो किसिमको बकपत्र गरे भन्ने बारेमा सोध्दा वरिष्ठ अधिवक्ता वाग्ले यसो भन्छन्,’ वहाँले जे हो सत्या कुरा बोल्नु भएको छ। यो घटना भएको होइन यसबाट पल शाह निर्दोष छन् । सामाजिक सञ्जालमा आएको कारण सवै जना भ्र*मित भएर यस्तो अवस्था आएको भनेर बताउनु भएकी छ।’
त्यस्तै अर्का पल शाहको तर्फ बाट साक्षी रहेका कलाकार रमन लाई अब हुने तपाईंको बकपत्रमा के बयान हुनेछ भनेर सोध्दा उनी यसो भन्छन्,’ बक पत्रमा सत्या कुरा जे हो त्यै हुनेछ। सत्य कुरा भन्दा बाहिरको कुरा गर्दिन मैले आँखाले जे देखेको छु त्यै कुरा गर्ने छु अदालतमा।’
त्यस्तै अर्का साक्षी लाई तपाईं पल शाहको विषयमा के भन्न चाहनु हुन्छ भनेर सोध्दा उनी यसो भन्छन्,’ अहिले हामीले जे समाचार सुनिरहेका छौ त्यो भनेको लाखौं लाख पल लाई मनपराउने दर्शकहरुका लागि खुसी को कुरा हो। पल भाई चाँडै बाहिर आएर काममा आएर समाज सेवा गरेर पहिलाको भन्दा पनि अझै राम्रो काम गर्ने ‘पल को इच्छा रहेको बताउँछन् उनी।
गायीकाले बयान फेरेपछि साक्षी भनिएका दुर्गेश थापालाई जिल्ला अदालत तनहुँले बोलाएको थियो। अब यो घट नाले नयामोड लिएको छ।
पीडित गायिका, जाहे रवाला उनका बाबु र अन्य साक्षीहरु सहितसँग जिल्ला अदालत तनहुँमा आइतवारदेखि बकपत्र चलिरजादा यस्तोमा पी”डित भनिएकी नाबा लीक गायिकाको पक्षमा उभिएका थिए दुर्गेश ।यसैले गायक थापालाई बकपत्रका लागि तनहुँ अदालतले बोलाएको हो।
बोलाएपछि दुर्गेश सोमबारै तनहुँतिर लागिसकेका थिए। उनी तनहुँ पुगेपछि साक्षीका रुपमा अदालतले बकपत्र लिने भएको थियो। यस्तो भै रहदा पललाई उन्मुक्ति मिलेको आभास भै रहेको छ ।
थुनछेक आदेशपछि अदालतले बकपत्र गराइरहदा पीडि त भनिएकी नाबालिगले बयान फेरेकी हुन्। उनले पहिले भनेका सबै बयान फेरेकी हुन। स्रोतका अनुसार उनले प्रभाव र दबाबममा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकी छन् साथै आफूलाई पलबाट बला त्कार नभएको पनि भनेकी थिइन।
पललाई गत चैत २३ गते ना बालिक माथि बलात् कारको आरोपमा नवलपुर जिल्ला अदालत ले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
पल शाहलाई उच्च अदालतले सफाई दिने अन्तिम चरणमा । नाबालिक गायिकाले उच्च अदालतमा सत्य बयान दिसकेपछि अभिनेता पल शाहले कतिको सफाई पाउँछन् भन्ने बिषयमा सामाजिक संजालहरुमा प्रश्नहरु उठिरहेका छन् । आफुलाई अभिनेता पल शाहले क*रणि गरेको भन्दै मुद्दा दर्ता गरेकि किशोरिले पुर्वि नवलपरासी जिल्ला अदालतमा पनि आफ्नो बयान फेरेकि थिइन ।उनले अदालतमा दिएको बकपत्रमा गैडाकोटमा एक बर्ष अगाडि गितको भिडियो छायांकनका क्रममा आफू होटल संचालकको छोरिसंग बसेको बयान दिएकि छिन् ।
उनले त्यो दिन पल शाह आफ्नोे कोठामा नआएको पनि बताएकि थिइन ।किशोरिले आफुले अरुको उक्साहटमा आएर पल शाह माथि यस्तो गम्भीर अभियोग लगाएतापनि त्यो सत्य नभएको र उनी निर्दोष रहेको र कुनैपनि गल्ति नगरेको निराधार आरोप लगाउन नमिल्ने किशोरिले भनेकि थिइन ।
आफ्नो बुवाले पत्रपत्रिका र टेलिभिजनमा आएका सामाचारहरुलाई आधार मानेर मुद्दा दायर गराएको र उक्त बयानमा कुनैपनि सत्यता नभएको उनिले स्पष्ट धारणा दिएकि थिइन ।पिडित भनिएको गायिकाले आफ्नो बयान फेरेपछि उनको पक्षबाट बहस गरेकि अर्कि अधिवक्ता सरिता तिवारिले यो मुद्दामा शक्ति र पैसाको दु’ रुपयोग भएको संकेत गरेकि छिन् ।
प्रतिकृया दिनुहोस्