सिन्धुपाल्चाेक – मेलम्ची नगरपालिका १० मा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार अमृत खनालले मतदाताको खुट्टामा हजार रुपैयाँको नोट राखेर ढोग्दै भोट मागेको भनेर सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भयाे ।
चुनावी प्रचारका लागि घरदैलो गरिरहनुभएका खनालले हरेक घरमा यसैगरी भोट माग्दै हिँडेको भन्दै तस्बिर सामाजिक सञ्जालमा आइरहेको छ । खनालले कसैलाई एक हजार रुपैयाँ त कसैलाई त्योभन्दा बढी रकम खुट्टामा राखेर ढोग्दै भोट मागिरहेको भन्दै आराेप पनि लगाइएकाे छ । तर त्याे तस्बिरकाे वास्तविकता यस्ताे छ–
खनालले मेलम्ची १० मा रहनुभएकी फुपू दिदी चेतकुमारी कार्कीलाई ढोग गर्दा एक हजार रुपैयाँ राखेको स्वीकार्नुभएकाे छ । फुपाजु बितिसकेका हुनाले दिदीको दैनिकीमा सहजता होस् र दिदीप्रतिको सम्मान कायम रहोस् भनी खनालले हरेक पटक भेट्दा केही रुपैयाँ सम्मानस्वरूप उपलब्ध गराउँदैै आउनुभएको छ ।
कार्कीको घर वडा नम्बर १० मा भए पनि मतदाता नामावली भने वडा नम्बर ९ मा रहेको छ । आफूलाई मत नै दिन नपाउने फुपूकाे खुट्टामा पैसा राखेर ढोगेको विषयलाई विपक्षीले गलत प्रचार गरेको वडाध्यक्षका उम्मेदवार खनालले बताउनुभएको छ । सञ्चारमाध्यमहरूले पनि आफ्नाे कुरा नसुनी एकतर्फी समाचार सम्प्रेषण गरेकाे उहाँकाे गुनासाे छ ।
यसै विषयमा खनालकी फुपूलाई सोध्दा भाइले सानै उमेरमा वडाध्यक्षको उम्मेदवार बनेकोमा टीका लगाइ आर्शीवाद लिएको भए पनि गलत प्रचार भएकाे बताउनुभयाे ।
यसबारे उनले यसरी स्पष्ट पारे
आफ्नो संस्कृति, हिन्दु परम्परा अनुसार आफ्नो फुपूको खुट्टो ढोगेपछि दक्षीणा दिने चलन परापूर्वकालदेखि नै चलिआएको हो । चुनावको समयमा यसलाई भ्रम छर्न विभिन्न आरोपका साथ विपक्षीले प्रपोगाण्डा बनाउनु नौलो कुरा र नौलो विषय हुदैँ होइन । कांग्रेस एकमात्र यस्तो पार्टी हो जसले आफ्नो धर्म, संस्कृति, परम्पराको संरक्षण र सम्मान गर्दै आएको छ । म मेलम्ची वडा नं. १० का कांग्रेस पार्टीबाट उम्मेदवारको रुपमा चुनाव अभियानसहित घरदैलो कार्यक्रमा फुपूको घर पुग्दा आशिर्वाद लिएको हुँ ।
फुपूले आशिर्वाद दिएपछि मेरो परम्परा अनुसार खुट्टा ढोग्दै दिदीलाई दक्षीणा दिनु गलत हो ? मेरो परम्पराले फुपूले टिका लगाएपछि खाली हात राख्दैन । तपाँई आफ्नो घरको परम्परा र संस्कृति सम्झनुहोस् ? म एक हिन्दु धर्मप्रति आस्था राख्ने व्यक्तिको लागि के यो गलत परम्परा हो ? आफ्नो फुपू बाहेक अन्यत्र कतै पैसा दिएको प्रमाण दिन सक्छ कसैले ?
र फूपू पनि मेलम्ची नगरपालिका वडा नं १०को मतदाता नभएको पनि जानकारी गराउँछु। यसलाई भ्रम छरेर गतल सूचनाको आधारमा तथ्य विहीन समाचार सम्प्रेषण नर्गनुहुन सम्पूर्ण सञ्चारमाध्यमा हार्दिक अनुरोध गर्दछु ।
बाँकी तलको भिडियोमा हेर्नुहोला ।
प्रतिकृया दिनुहोस्