टर्कीको इस्तानबुलमा चार नेपालीलाई बन्धक बनाउने एक पाकिस्तानी गिरोहलाई त्यहाँको स्थानीय प्रहरीले पक्राउ गरेको छ । नेपालीलाई उद्धार गरेको फुटेज प्रहरीले सार्वजनिक गरेपछि यो घटना बाहिर आएको हो ।
स्थानीय प्रहरीले ६ जना पाकिस्तानी नागरिकलाई पक्राउ गरि सार्वजनिक गरेको छ । नेपालीहरू गत हप्ता ताक्सिम स्क्वायरमा हिँडिरहेको बेला ती गिरोहका सदस्य उनीहरूको नजिक आई बन्दुक देखाई उनीहरूसँगै लगेको डेलीसबाहले लेखेको छ ।
उनीहरूलाई इपसुल्तान जिल्लाको एउटा घरमा राखेर तीन दिनसम्म यातना दिइएको थियो ।प्रहरीले पीडितलाई बचाएर पक्राउ गरेको घरमा छापा मारेको थियो । अपहरणमा प्रयोग हुने चक्कु र पेस्तोल बरामद भएको छ ।
प्रहरी स्रोतका अनुसार सन्दिग्धहरूको यातनाको भिडियो खिचेर पीडितका साथी र इस्तानबुलस्थित स्थानीय नेपाली संघका सदस्यलाई १०,००० युरो (१०,६७४ डलर) फिरौती मागेका थिए। भिडियो पाएका साथीले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले अपरेसन सुरु गरेको थियो ।
फिरौती लिन आएका अली एच र मुहम्मद एस भनेर चिनिने दुई जना पाकिस्तानी पुरुष, पाकिस्तानी महिला अस्मा एमसँगै पक्राउ परे।
१६ देखि ३५ वर्ष उमेर समूहका उनीहरुलाई लुटपाट, अपहरण, जानाजानी चोटपटक र हतियार कानूनको उल्लङ्घनको आरोप लगाइएको थियो।
गत वर्ष, पाकिस्तानी अपराधीहरूको अर्को समूहले इस्तानबुलमा एक स्वदेशीलाई अपहरण गरेर उनको रिहाइको लागि ५० हजार यूरो फिरौती मागेको बेला पक्राउ गरिएको थियो।
प्रतिकृया दिनुहोस्