दोलखा । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो पनि… गायक राजु लामाले राखे सगरमाथामा यसरी राखे विश्व कीर्तिमान
काठमाडौँ — गायक राजु लामाले सगरमाथा क्षेत्रमा ६ हजार पाँच सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन् । जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले सगरमाथाको क्याम्प—३ मा पुगेर गीत गाएका हुन् ।
उनको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ ।राजुले आफ्नो सार्वजनिक नै नभएको हिमालले डाक्यो मलाई बोलको नयाँ गीतको प्रस्तुति दिएका हुन् । यसबाहेक उनले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू गाएका थिए ।
ु६५ सय मिटरभन्दा माथिको उचाइमा गीत गाउन सजिलो छैन, गायक राजुले सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ पोस्ट गर्दै लेखेका छन्, ‘तर मलाई त्यहाँको पातलो हावा र चुनौती मन पर्यो ।
हाम्रो उद्देश्य जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरी यसको प्रभावबारे सचेतनाको सन्देश दिनु हो । यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिखमा मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर गिनिज विश्व रेकर्ड राखेका थिए ।
प्रतिकृया दिनुहोस्