झापा । झापामा दाइजो स्वरुप मोटरसाइकल नदिँदा दुलही नस्वीकार्ने बेहुला पक्राउ परेका छन् । छोरी माग्न आउँदाको सहमति अनुसार नै विहे गरेर दुलही लैजाने क्रममा मोटरसाइकल दाइजो मागेपछि दुलाहा पक्राउ परेका हुन् । पक्राउ पर्ने दुलाहा झापा गाउँपालिका टाघनडुब्बाका डेबिड गनगाई रहेको झापा प्रहरीले जनाएको छ ।
जिल्लाको मेचीनगर नगरापालिका – १७ ज्यामिरगढीमाबाट दुलही लाने क्रममा गनगाईले मोटरसाइकाल दाइजो मागेका थिए । दुलहीका परिवारका अनुसार गनगाई छोरी माग्न आउदा दाइजोमा मोटरसाइकल दिन सक्दैनौं भनेर प्रस्ट पारिएको थियो ।त्यसपछि केटा पक्ष पनि मन्जुर भएको तर शुक्रबार बेहुली लानेक्रममा मोटरसाइकलविना नहुन जिद्धि गरेपछि दुलही पक्षले प्रहरीलाई खबर गरेका थिए ।
दुलही चौधरी समुदायकी हुन् । दुलाही पक्षले विवाहमा दुलाहलाई दाइजोवापत टीभी, फ्रिज र सोफासेट गरि करिब ४ लाख रुपैयाँ बराबरको सामग्री दिएको जनाइएको छ । तरपनि दुलाह अन्तमा नमानेको बताइएको छ ।
यो पनि…. गायक राजु लामाले राखे सगरमाथामा यसरी राखे विश्व कीर्तिमान
काठमाडौँ — गायक राजु लामाले सगरमाथा क्षेत्रमा ६ हजार पाँच सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन् । जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले सगरमाथाको क्याम्प—३ मा पुगेर गीत गाएका हुन् ।
उनको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ ।राजुले आफ्नो सार्वजनिक नै नभएको हिमालले डाक्यो मलाई बोलको नयाँ गीतको प्रस्तुति दिएका हुन् । यसबाहेक उनले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू गाएका थिए ।
ु६५ सय मिटरभन्दा माथिको उचाइमा गीत गाउन सजिलो छैन, गायक राजुले सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ पोस्ट गर्दै लेखेका छन्, ‘तर मलाई त्यहाँको पातलो हावा र चुनौती मन पर्यो ।
हाम्रो उद्देश्य जलवायु परिवर्तन र दैनिक जीवनमा विश्वभरी यसको प्रभावबारे सचेतनाको सन्देश दिनु हो । यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिखमा मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर गिनिज विश्व रेकर्ड राखेका थिए ।
प्रतिकृया दिनुहोस्