चर्चित युटुब च्यानल नयाँ नयाँ न्युज नेपालमा दुई महिनादेखि कुनै पनि भिडियो प्रसरण भएको छैन ।
शिशिर भण्डारीको लोकप्रिय यस च्यानलमा किन भिडियो आएन ? यसका सन्चालक कलाकार तथा सँचारकर्मी शिशिर भण्डारी कहाँ हराए ? शिशिरलाई हिजो आज सामाजिक सन्जालमा यस्तै प्रश्नहरु आउने गर्दछन् ।
वास्तवमा शिशिर यतिबेला अष्ट्रेलियामा छन् । उनी एक साँगितिक कार्यक्रमका लागि मार्च १८ मा अष्ट्रेलियामा गएका थिए । त्यसपछि कार्यक्रमहरुको चाप बढेपछि बिगत ४५ दिनभन्दा बढि देखि उनी उतै छन् । शिशिर यहि मे १९ मा नेपाल फर्कदैछन् ।
यसैबिच अष्ट्रेलियाबाट शिशिरको एउटा फोटो बाहिरियो । जुन फोटोमा शिरि बाटोमा बसेर डलर माग्दै गरेको अवस्थामा देखिन्थे । उनलाई त्यो फोटो र भिडियोलाई लिएर पनि धेरैले प्रश्न गरे । वास्तवमा यो फोटो र भिडियोको वास्तविकता अर्कै थियो ।
शिशिर अष्ट्रेलियामा रहेका नेपालीहरुको समसामयिक कथामा आधारित सर्ट फिल्म सम्बन्धमा अभिनय गरिरहँदा उनको उक्त फोटो र भिडियो कैद भएको थियो । शिशिर होलीको कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका थिए । उनले त्यसपछि सिड्नी, मेलवर्न, एडिलेड र ब्रिजबेनमा साँगीतक र सामाजिक कार्यक्रमहरु सम्पन्न गरे ।
शिशिरको यो भिडयो हेर्नुस
प्रतिकृया दिनुहोस्