Saturday, April 1

चार जना म्यादी प्रहरीको मृत्यु, सरकारले २०/२० लाख दिने

May 10, 2022 695

काठमाडौं । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका चार जना म्यादी प्रहरीको मृत्यु भएको छ । एक जनाले आ’त्मह’त्या गरेकी हुन् ।

ड्युटीमा खटिएकाहरुमध्ये ललितपुर, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक–एक जना म्यादी प्रहरीको मृ’त्यु भएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर मृ’त्यु भएको थियो ।

नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको पनि दुर्घटनामा मृत्यु भयो । अर्कोतिर हुम्लामा डेरा गरी बस्दै आएका सर्केगाड गाउँपालिका–६ का जसबहादुर रोका सुतेकै अवस्थामा मृत भेटिए ।

सिन्धुपाल्चोककी अनिता भट्टराईले ललितपुरमा विष सेवन गरी आत्महत्या गरिन् । निर्वाचनमा खटिएको बेला नै प्रहरी बरिष्ठ हबल्दार भोजराज पराजुलीको पनि दुर्घटनामा परेर मृत्यु भएको थियो ।

सरकारले निर्वाचन सुरक्षामा खटिएको बेला ज्यान गुमाएका म्यादी प्रहरीका परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँको दरले ८० लाख राहत दिने निर्णय गरिसकेको छ । आत्महत्या गरेकाको हकमा भने राहत उपलब्ध हुने छैन ।

प्रतिकृया दिनुहोस्