Sunday, August 7

सप्तरीमा पार्किङ गरी राखिएको एक यात्रुबाहक बसनै चो री

May 11, 2022 281

सप्तरी। सप्तरी जिल्लामा घर अगाडि पार्किङ गरी राखिएको एउटा बस चो री भएको छ ।राजविराज नगरपालिका– ८का प्रदीप कुमार जैनको घर अगाडि पार्किङ गरी राखेको ना.५ख. ४६८५ नम्बरको लक्ष्मी– गणेश ट्राभल्स कम्पनीको बस चो री भएको हो ।

साइकल र मोटरसाइकल चो रीको घटना हुने गरे पनि बस चो रीको घटना भने सम्भवतः जिल्लामै पहिलो पटक भएको हो । राजविराज–काकडभिट्टा रुटमा चल्ने ४० सीट भएको उक्त बस शनिबार राती ११ बजेतिर चो री भएको बसधनी जैनले बताए ।

आइतबार बिहान घरबाट केही टाढा रहेको अशोक यादवको पसलमा जडान गरिएको सीसी क्यामराको फुटेजले ११ बजेर ८ मिनेटमा उक्त बस रुपनी मार्ग तर्फ गइरहेको देखाएको छ ।

यद्यपि चोरी गरी लैजाने चालकको अनुहार सीसी क्यामरामा कैद हुन सकेको छैन् । यस्तै उक्त बस राती ११ बजेर ३४ मिनेटमा रुपनी हुँदै लहानतर्फ गइरहेको इलाका प्रहरी कार्यालय रुपनीको सीसी क्यामरा फुटेजले देखाएको छ । चो री भएका बस विभिन्न नाकामा सीसी क्यामरामा देखिए पनि चोर र बस अहिलेसम्म पत्ता नलाग्नु अचम्मको विषय भएको सवारी धनी जैनले बताए । सीसी क्यामरा फुटेजको आधारमा चोर र बसको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले भने, ‘चो री भएको बसको सम्पूर्ण विवरण प्रहरीका युनिटहरुमा पठाई खोजतलास व्यापक बनाएका छौं, चाँडै पता लाग्छ ।

प्रतिकृया दिनुहोस्