काठमाडौं ३० वैशाख । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आज ५ बजेपछि परिवर्तन आउने बताएका छन् ।
काठमाडौंको बसन्तपुर मतदान केन्द्र पुगेका बालेनले यसपाली मतदाताहरुमा साँच्चै खुशी देखिएको भन्दै परिवर्तन गर्न मतदाताहरु उत्साहित भएको बताएका छन् ।
बालेनले ११ बजे तिनकुनेस्थित अन्नपूर्ण विद्यालयबाट मतदान गर्ने भएका छन् । उनले सबै मतदातालाई असल मान्छे छानी मतदान गर्न समेत आग्रह गरेका छन् ।
यो पनि : मतदान पछि १०० वर्षीय कृष्णप्रसाद पण्डितले भने – सबैको आयु मेरो जस्तै होस् ,सबैले मेरो उमेरमा मतदान गर्न पाउन् : जिल्लाको व्यास नगरपालिका वडा नम्बर ४ मदरसा मतदान केन्द्रमा १०० वर्षका एक वृद्धले मतदान गरेका छन् ।
ब्यास १ गल्फुबेँसीमा बसोबास गर्दै आएका १०० वर्षका कृष्णप्रसाद पण्डितले आज बिहानै मतदान केन्द्र पुगी मतदान गरेका छन् ।
मतदान पछि पण्डितले ‘मतदान गर्न पाएँ, यस्तो देख्न पाएँ, धेरै खुसी लागेको बताएका छन् । आफ्नो उमेरमा सबैले मतदान गर्न पाउन् भन्दंै उनले सबैलाई दीर्घायुको कामना समेत गरेका छन् ।
उनले भने, सबैको आयु मेरो जस्तै होस् ,सबैले मेरो उमेरमा मतदान गर्न पाउन् ।’ आज देशभर चुनावी रौनक छाएको छ ।-निपोलन्युजबाट।
प्रतिकृया दिनुहोस्