पोखरा, ३० वैशाख -स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।
हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए । थप विवरण आउन बाकी छ ।
यो पनि… मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले मतदान गरेकी छन्। अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गरेको निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिए।
अधिकारीले परिवारका सदस्यको सहयोगमा मतदानस्थल पुगी मतदान गरेकी हुन्। उक्त नगरमा मतदानकार्य शान्तिपूर्वक वातावरणमा सञ्चालन भइरहेको भण्डारीले बताए। नगरमा ७१ हजार ७५६ मतदाता रहेका छन्।
यस्तै,,सप्तरीको डाक्नेश्वर नगरपालिकास्थित मतदानस्थलमा तो”डफोडका साथै मतदान अधिकृतमाथि आ”क्रमण भएको छ। वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदानस्थलका मतदान अधिकृत विपिन यादवमाथि आ”क्रमण भएको हो।
राजविराजमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। एक जना वृद्धा मतदाताले भनेको चिन्हमा भोट नखसालेर अर्कैमा भोट हालिदिएको भन्दै एक समूहले मतदान अधिकृतमाथि आ”क्रमण र तोडफोड गरेको सप्तरीका एसपी आदि नारायण काफ्लेले जानकारी दिए।
उनका अनुसार ती समूहले मतपेटिका तो”डफोडका साथै केही मतपत्र समेत छरपस्ट पारिदिएका थिए। भारतीय सीमावर्ती क्षेत्रमा पर्ने यो मतदान केन्द्रमा घटनाअघि २ हजारभन्दा बढी मत खसिसकेको थियो। घ”टनापछि मतदान स्थगित भएको छ। पुनः मतदानका लागि तयारी भइरहेको एसपी काफ्लेले बताए। यस्तै,,वर्षाका कारण पर्साका तीन पालिकामा मतदान रोकिएको छ।
जिल्लाको ठोरी, जिराभवानी र नगरनाथपुर गाउँपालिकामा वर्षाका कारण निर्वाचन झण्डै आधा घण्टादेखि रोकिएको निर्वाचन अधिकृत रञ्जिता झाले जानकारी दिइन्। उनका अनुसार भारी वर्षा भएपछि ५, ६ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ। पानी पर्न रोकिए लगत्तै ती स्थानमा मतदान सुरू हुने उनले जानकारी दिइन्। निर्वाचन आयोगको रिपोर्टिङ अनुसार जिल्लामा ४७.५ प्रतिशत मतदान सम्पन्न भएको उनले बताइन्।
प्रतिकृया दिनुहोस्