स्थानिय तहको निर्वाचन २०७९ को मतदानको दिन विराटनगर महानगरपालिकामा ६७.३५ प्रतिशत मत खसेको छ। शुक्रबार सम्पन्न भएको निर्वाचनमा विराटनगर महानगरपालिकाको कुल मतदाता १३३१४२ मध्य ८९७०८ जनाले निर्वाचनमा मतदान गरेको पाईएको छ ।
विराटनगर महानगरपालिकाको १९ वटा वडा मध्य वडा नं १ मा ५२९१ मत , वडा नं २ मा ३९२५ मत , वडा नं ३ मा ६५६१ मत , वडा नं ४ मा ७४५४ , वडा नं ५ मा ५६९१ मत , वडा नं ६ मा ७१९३ मत , वडा नं ७ मा २९१६ मत , वडा नं ८ मा ५४१० मत र वडा नं ९ मा ३७४० मत खसेको थियो ।
त्यसतै , वडा नं १० मा ४४८० मत , वडा नं ११ मा ४६३० मत , वडा नं १२ मा ६१४९ मत , वडा नं १३ मा २७१९ मत , वडा नं १४ मा ४७६४ मत , वडा नं १५ मा ५५८३ मत , वडा नं १६ मा २७८५ मत , वडा नं १७ मा ३९०९ मत , वडा नं १८ मा ३५४४ मत र वडा नं १९ मा २९६४ मत खसेको पाईएको छ ।
निर्वाचन सम्पन्न भए लगतै विराटनगरको सबै मतदान स्थल बाट मतपेटिकाहरू शिलबन्दी गरेर मतगणना स्थल आदर्श माध्यमिक विद्यालय ल्याईको छ।
विराटनगर महानगरपालिकाको मतगणना शुक्रबार बाटै थाल्ने निर्वाचन आयोगले तयारी गरेको छ ।-हाम्रो बिराटनगरबाट।
प्रतिकृया दिनुहोस्