मनाङ – मनाङको चामे गाउँपालिकामा नेकपा एमालेले विजयी भएको छ ।
चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घले विजयी हुनुभएको हो । उहाँले ३२० मत ल्याउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याउनुभयो । घले यसअघि पनि चामे गाउँपालिकाको अध्यक्ष हुनुहुन्थ्यो ।
यो पनि..विराटनगर महानगरपालिकामा ६७.३५ प्रतिशत मत खस्यो, कुन वडामा कति ? हेर्नुस्
निय तहको निर्वाचन २०७९ को मतदानको दिन विराटनगर महानगरपालिकामा ६७.३५ प्रतिशत मत खसेको छ। शुक्रबार सम्पन्न भएको निर्वाचनमा विराटनगर महानगरपालिकाको कुल मतदाता १३३१४२ मध्य ८९७०८ जनाले निर्वाचनमा मतदान गरेको पाईएको छ ।
विराटनगर महानगरपालिकाको १९ वटा वडा मध्य वडा नं १ मा ५२९१ मत , वडा नं २ मा ३९२५ मत , वडा नं ३ मा ६५६१ मत , वडा नं ४ मा ७४५४ , वडा नं ५ मा ५६९१ मत , वडा नं ६ मा ७१९३ मत , वडा नं ७ मा २९१६ मत , वडा नं ८ मा ५४१० मत र वडा नं ९ मा ३७४० मत खसेको थियो ।
त्यसतै , वडा नं १० मा ४४८० मत , वडा नं ११ मा ४६३० मत , वडा नं १२ मा ६१४९ मत , वडा नं १३ मा २७१९ मत , वडा नं १४ मा ४७६४ मत , वडा नं १५ मा ५५८३ मत , वडा नं १६ मा २७८५ मत , वडा नं १७ मा ३९०९ मत , वडा नं १८ मा ३५४४ मत र वडा नं १९ मा २९६४ मत खसेको पाईएको छ ।
निर्वाचन सम्पन्न भए लगतै विराटनगरको सबै मतदान स्थल बाट मतपेटिकाहरू शिलबन्दी गरेर मतगणना स्थल आदर्श माध्यमिक विद्यालय ल्याईको छ।
विराटनगर महानगरपालिकाको मतगणना शुक्रबार बाटै थाल्ने निर्वाचन आयोगले तयारी गरेको छ ।-हाम्रो बिराटनगरबाट।
प्रतिकृया दिनुहोस्