रुपन्देही । प्युठानको सरुमारानी गाउँपालिका वडानम्बर ६ तिराममा नेकपा एमालेबाट २८ वर्षीय युवा तिलबहादुर बुढा विजयी भएका छन् ।
बुढाले ६ सय ९५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोमबहादुर पुनले ४ सय ४३ मत प्राप्त गरेका थिए ।
सो वडाको महिला सदस्यमा एमालेका एनुका राहुं, दलित महिला सदस्यमा एनुका विक तथा खुला सदस्यमा नमबहादुर उलुङ्गे र खड्ग बहादुर महरा विजयी भएका छन् ।
उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि एमाले ६ सय ९२ र उपाध्यक्षमा ६ सय ८८ मत ल्याएर अग्रता कायम गरेको छ ।
यो पनि.. झापा, वैशाख ३१ । झापाको दमक नगरपालिकामा एमालेले सुरूआती अग्रता लिएको छ।
दमक–१ को २ सय मत गणना हुँदा मेयरमा एमालेकी गिता अधिकारीले ९६ मत प्राप्त गरेकी छन भने ठबन्धनको साथ रहेको राप्रपाका राम थापाले ७९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी रेगिना भट्टराईले ९० मत प्राप्त प्राप्त गर्दै अग्रता बनाएकी छन् । नेकपा एकालेका अम्बिका प्रसाद खनालले ७८ मत पाएका छन्।
प्रतिकृया दिनुहोस्