Saturday, June 3

बालेन शाहले बढाए मतान्तर बालेन सात सय मतले अगाडि

May 15, 2022 396

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले मतान्तर बढाएका छन्।

अहिलेसम्म ४४५३ मतगणना गर्दा बालेनले १५८७ मतसहित अग्रता कायमै राखेका छन्। बालेन अरूभन्दा सात सय मतले अगाडि छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८८७ मत ल्याउँदा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८२२ मत ल्याएकी छन्। उनीहरूबीच ६५ मतको अन्तर छ।

यो पनि… डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा नेपाली काँग्रेस (बीपी)का उम्मेदवार नरेश भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ६७३ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका चन्द्र देउवाले ५४४ मत प्राप्त गरेका छन्।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा काँग्रेस बीपीले १२९ मतले काँग्रेसका उम्मेदवारलाई पराजित गरेको हो। उनलाई एमालेको पनि समर्थन रहेको छ ।

काँग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले बीपी काँग्रेसको करुवा चुनाव चिन्ह लिएर काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ।-रिपोर्टसनेपालबाट।

प्रतिकृया दिनुहोस्