Saturday, April 1

वडा सदस्यमा निर्वाचित भए कलाकार ‘डिठ्ठा साहेब’

May 15, 2022 495

हास्यव्यङ्ग्य कलाकार किशोर भण्डारी ‘डिठ्ठा साहेब’ वडा सदस्यमा विजयी भएका छन्।

भण्डारीले नेपाली कांग्रेसका तर्फबाट तारकेश्वर नगरपालिका वडा नं २ को वडा सदस्य पदमा उम्मेदवारी दिएका थिए।

भण्डारीले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै आफू विजयी भएको जानकारी दिएका छन्। कान्तिपुर टेलिभिजनबाट प्रसारित सिरियल ‘डिठ्ठा साहेब’ लगायत दर्जनौं टेलिसिरियल अभिनय गरेका भण्डारी पछिल्लो समय ‘हर्के हवल्दार’मा समेत देखिँदै आएका छन्।

यो पनि…. डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा नेपाली काँग्रेस (बीपी)का उम्मेदवार नरेश भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ६७३ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका चन्द्र देउवाले ५४४ मत प्राप्त गरेका छन्।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा काँग्रेस बीपीले १२९ मतले काँग्रेसका उम्मेदवारलाई पराजित गरेको हो। उनलाई एमालेको पनि समर्थन रहेको छ ।

काँग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले बीपी काँग्रेसको करुवा चुनाव चिन्ह लिएर काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ।-रिपोर्टसनेपालबाट।

प्रतिकृया दिनुहोस्