Wednesday, June 7

गाउँपालिका अध्यक्ष जित्ने अरुणादेवी बनिन् पहिलो महिला उम्मेदवार

May 15, 2022 595

जेठ, खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई विजयी भएकी छन् । उनले एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष शंकरबहादुर राईलाई पराजित गरेकी हुन । अरुणादेवीले २८८१ मत ल्याउँदा एमालेका राईले २५७५ मत ल्याए ।

हालसम्म निर्वाचित जनप्रतिनिधिमा अरुणादेवी गाउँपालिका प्रमुख जित्ने महिलो महिलासमेत हुन् । यहाँ नेपाली कांग्रेस र माओवादीले तालमेल गरेका थिए । उपाध्यक्षमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका खेमबहादुर खड्का २८०५ ल्याएर निर्वाचित भएका छन् । उनीसँग एमालेकी विमला राईं २४९५ मत ल्याएर पराजित भए।२०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।

मकवानपुरमा २२ वडाका वडाध्यक्ष निर्वाचित
वाग्मती, १ जेठ । जिल्लामा सम्पन्न निर्वाचनको शनिवारदेखि जारी मतगणनामा आज २२ वटा वडाका वडाध्यक्ष निर्वाचित भएका छन् भने अन्य स्थानको मतगणना भइरहेको छ ।हालसम्म १० स्थानीय तहका १०२ वडामध्ये २२ वडाका वडाध्यक्ष निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।अपरान्ह १२ वजेसम्म प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेसले १० वटा वडामा जित हासिल गरेको छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र)ले सात र नेकपा (एमाले)ले पाँच वडामा जित हासिल गरेको वताइएको छ ।कांग्रेसका तर्फबाट भीमफेदी गाउँपालिका–१ मा सोमवहादुर स्यागङ्तान, कैलाश गाउँपालिका–१ मा तेजवहादुर बलोन, कैलाश गाउँपालिका–२ मा राजेन्द्र तामाङ घिसिङ, मनहरी–१ मा शिवप्रसाद ढकाल, मकवानपुरगढी गाउँपालिका–१ मा आइत सिंह, मकवानपुरगढी–८मा कुमार घिसिङ, इन्द्रसरोवर गाउँपालिका–१मा सुभाष थापा, इन्द्रसरोवर गाउँपालिका–२ मा सुमन श्रेष्ठ, वकैयागाउँपालिका–१ मा गोपालवहादुर नेसुर र राक्सिराङ् गाउँपालिका–२ मा वुद्दराम मोक्तान बिजयी हुनुभएको हो ।

त्यस्तै नेकपा मायोवादी केन्द्रका तर्फबाट थाहा नगरपालिका–१ मा हेरमान गोपाली, सोही नगरपालिकाको–२ मा वमवहादुर सिंतान, वकैया गाउँपालिका–१ मा आशिष तितुगं, वकैया गाउँपालिका–२ मा विश्वराज स्याङतान, मनहरी गाउँपालिका–२ मा रामकुमारी पाख्रिन, वाग्मती गाउँपालिका–१ मा यहुन्ना राई, भीमफेदी गाउँपालिका–३ मा पृतिलाल लामा निर्वाचित हुनुभएको छ ।

यसैगरी एमालेका तर्फबाट भीमफेदी गाउँपालिका–२ मा काशीराम बज्यु, सोही गाउँपालिकाको–४ मा सागर पाण्डे, कैलाश गाउँपालिका–१० मा सूर्यवहादुर व्लोन, राक्सिराङ गाउँपालिका–१ मा वावीराम मोक्तान र भीमफेदी गाउँपालिका–५ मा जाहारसिहं लामा विजयी भएको बताइएको छ। अन्य मतदानस्थलको मतगणना जारी छ ।

प्रतिकृया दिनुहोस्