Saturday, December 3

बालेनकै अग्रता: पछिल्लो मतपरिणाम अनुसार बालेनको १२ हजार ५ सय ५३ मत..

May 17, 2022 470

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले पछिल्लो मतपरिणामअनुसार १२ हजार ५ सय ५३ मत ल्याएका छन्।

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ६७०६ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ५९५७ मत पाएकी छन्।

वडा नम्बर ३, ४, ५, ६, ३०, ३१ र ३२ को मतगणना भइरहेकोमा अहिले २९ नम्बर वडाको पनि मत गणना सुरु भएको छ।

२९ नम्बरमा बालेनले ७३ मत पाउँदा सिर्जनाले ६२ र स्थापितले ३२ मत पाएका छन्।

बाँकी सबै वडामा पनि बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन्।

यो पनि… गुल्मीको मुसिकोट नगरपालिकामा दलित समुदायका २४ वर्षीय एक युवा पहिलोपटक दलित समुदायबाट त्यस वडाको वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

वडा नम्बर- ८ साविक वामी गाविसका २४ वर्षीय रमेश रसौली (बिक) त्यस वडाका निवर्तमान वडाध्यक्ष, एमाले उम्मेदवार नारायण सापकोटालाई ६९ मतले पछाडि पार्दै दलित समुदायको पहिलो वडाध्यक्ष हुन सफल भएका हुन्।

बिकले ५९३ मत ल्याएर विजयी भएका हुन् भने सापकोटाले ५२४ मत ल्याएर पराजय भोगेका हुन् । विपन्न परिवारका २४ वर्षीय रसौली (वि.क) ले पैसाविना पनि चुनाव जित्न सकिन्छ भन्ने उदाहरण दिएका छन्।

गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका उनी नेपाली काँग्रेसका क्रियाशिल सदस्य तथा सो पाटी निकट नेपाल दलित सघं मुसिकोट नगर सभापति समेत हुन् ।

चुनावी प्रचारको सुरुवाती दिनमा विगत ३५ वर्ष देखि नेकपा एमालेको लालकिल्ला रहेको वडा न.८ तथा साविक वामी गाविसमा अाफुले चुनाव जित्न नसकेपनि एमालेलाई सवक सिकाउने मात्रै लक्ष्य बोकेको बताउने रसाईली आइतबार दिउँसो एकाएक उनको पक्षमा मत परिणाम आउन थाले पछि हर्ष बिभोर देखिन्थे ।

वामीमै ७ दिन अघि भएको चुनावी सभालाई सम्बोधन गर्दै विकले हात जोड्दै भनेका थिए, ‘अहिलेसम्म सयद तपाइँहरुले शासकलाई जिताउनु भयो होला तर अहिले म एउटा सेवकलाई सेवा गर्ने अवसर दिनुहोस् ।’

घोषणासभामा लौरो टेकेर उभिएका साविक वामी गाविसका समाजसेवी ७४ वर्षीय सालिकराम सापकोटाले तत्कालिन मुसिकोट राज्य र साविक मुसिकोट अन्तर्गतका वर्तमान वडाहरुमा दलित समुदायबाट प्रमुख पदमा विजयी हुने रसाईली पहिलो दलित युवा भएको भन्दै हर्ष प्रकट गरे ।

उनको जित सुनिश्चित जस्तै भएको थाहा पाउने मुसिकोट नगरका अधिकाशं दलित समुदायले नाराबाजी गरिरहेका बेला घोषणासभामा अाई विजयको नारा लगाईरहेको बेला अन्य समुदायका मानिसहरुले चर्को हुटिङ गरेर थप उल्लासमय वातावरण बनाएका थिए ।

वडा नम्बर ८ को मत परिणाम अनुसार नगर प्रमुखमा सुर्य चिन्हले ५५९ मत र रुख चिन्हले ५२८ मतले लिड गरिरहेको छ ।

उप मेयरमा सुर्य चिन्हले ५५८ मतले र कलम चिन्हले ४५२ मतले लिड गरिरहेको छ ।-प्रेम सुनुवार/न्युज२४नेपालबाट।

प्रतिकृया दिनुहोस्