Wednesday, June 7

भरतपुरमा बढ्यो रेनु दाहालको अग्रता, विजय सुवेदी पछि परे

May 18, 2022 533

काठमाडौं । भरतपुर महानगर प्रमुखका उम्मेदवार रेनु दाहालले फेरि अग्रता बढाएकी छन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीलाई हाल ५३५ मतले पछि पारेकी हुन् ।

हालसम्म भरतपुरमा २२ हजार ९५३ मत गनिएको छ । जसमा रेनुले ७ हजार ९९५ मत प्राप्त गरेकी छन् ।

त्यस्तैगरी एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार ३२० पाए । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७८६ मत ल्याएका छन् ।

उता उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार ६३२ मत ल्याएर लिड गरिरहेका छन् । त्यस्तै हिमला गुरुङले ६०३४ मत प्राप्त गरेकी छन् ।

प्रतिकृया दिनुहोस्