Sunday, April 2

स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले धरानमा लिए अग्रता यस्तो छ पछिल्लो मत परिणाम

May 19, 2022 539

सुनसरी, ५ जेठ । धरानमा ३० हजार मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर बढाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले मध्याह्न १२ बजेसम्म ३० हजार ४५९ मतगणना सकिदा साम्पाङले ८८१८ मत प्राप्त गरेका छन् ।

उनलाई गठबन्धनका मेयर उम्मेदवार किशोर राईले ८६७८ मत प्राप्त गरेका छन् । स्वतन्त्रका उम्मेदवार साङपाङ र गठबन्धनका राईको बिचमा १४० मतान्तर रहेको छ । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ७०६६ मत प्राप्त गरेकी छिन् ।

यस्तै उपमेयरमा भने गठबन्धनका उम्मेदवार अइन्द्रविक्रम बेघाले ९७४५ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार पदम इस्वोले ९४०१ मत प्राप्त गरेका छन् ।

धरानको वडा १, २, ३, ४, ५, ६, ७, ९, १०, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ । अहिले वडा नं ८, ११ र १२ को मतगणना जारी छ । वडा नं २० को विवादका कारण मतगणना स्थगित गरिएको छ ।

बूढीगङ्गामा चार वडाको मतगणना अन्योल
बाजुरा, ५ जेठ (रासस) :बूढीगङ्गा नगरपालिकाको चार वडामा मतगणना अन्योल भएको छ । नगर एक सातादेखि निर्वाचन अधिकृतविहीन बन्दा मतगणना अन्योल भएको हो ।

गत वैशाख ३० गते निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले आफु असुरक्षित भएको जनाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा राजिनामा बुझाएपछि नगर निर्वाचन अधिकृतविहीन बनेको हो । उक्त नगरको २, ३, ५ र ९ वडामा विभिन्न पार्टीका कार्यकर्ताबीच झड्प भएपछि आफु असुरक्षित भएकाले निर्वाचनकार्य अघि बढाउन नसक्ने जनाउँदै निर्वाचन अधिकृत सापकोटाले राजिनामा दिनुभएको थियो ।

गत वैशाख ३० गते निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले आफु असुरक्षित भएको जनाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा राजिनामा बुझाएपछि नगर निर्वाचन अधिकृतविहीन बनेको हो । उक्त नगरको २, ३, ५ र ९ वडामा विभिन्न पार्टीका कार्यकर्ताबीच झड्प भएपछि आफु असुरक्षित भएकाले निर्वाचनकार्य अघि बढाउन नसक्ने जनाउँदै निर्वाचन अधिकृत सापकोटाले राजिनामा दिनुभएको थियो ।

सापकोटाको राजिनामापछि निर्वाचन आयोगले वैकल्पिक ब्यवस्था नगर्दा ती वडाको निर्वाचनकार्य अन्योलमा परेको हो । आयोगले बूढीगङ्गामा निर्वाचन अधिकृत पठाउन खोज्दा कसैले आउन नमानेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताउनुभयो । ती वडामा नेकपा (एमाले)ले विवाद सिर्जना गरेको जनाउँदै नेपाली कांग्रेसले पुनः मतदान गर्नुपर्ने अडान राख्दै आएको छ । एमालेले भने शान्तिपूर्ण वातावरणमै मतदान भएकाले निर्वाचन भएको सबै वडाको मतगणना सुरु हुनुपर्नै जनाउँदै आएको छ ।

यसैबीच बूढीगङ्गामा मतदान विवाद भएको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले नगरको सवै वडामा पुनः मतदान गर्न निर्वाचन आयोगलाई पत्र पठाएपछि आयोगका आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा अनुगमन टोली जिल्ला आएको थियो । अनुगमनमा टोलीले जिल्लामा राजनीतिक दल तथा उम्मेदवार, मतदान अधिकृत र सुरक्षाकर्मीसँग राय–सुझाव सङ्कलन गरेर फर्किएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्