Sunday, August 7

छोरी जन्मिएको समाचार मिडियामा आएपछी, श्रीमती सबिना भन्छिन्–‘हाँस्दा–हाँस्दै मर्न लागेँ’

May 19, 2022 352

बिहिबार बिहानैदेखि बालेन साहकी श्रीमती सविना काफ्लेलाई फोन आएको आयै छ । कसैले छोरी पाएकोमा बधाई दिइरहेका छन् भने कसैले छोरी पाएको हो र भनेर सोधिरहेका छन् ।

आफूले छोरी पाएको भनेर मिडियामा समाचार समेत आएको देखेपछि उनले हाँसो रोक्न पनि सकेकी छैनन् । काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएर मतगणनामा अग्रता हाँसिल गरेका बालेन साहले छोरी जन्मिएको समाचार विभिन्न अनलाइन मिडियाले लेखेका छन् ।

धेरैले बालेन र सविनालाई सामाजिक सञ्जालमा बधाई पनि दिइरहेका छन् । तर वास्तविकता भने फरक रहेको छ । बालेन साहको छोरी जन्मिएको नभई उनका दाजु कौशल साहको भने छोरी जन्मिएकी हुन् । त्यो पनि आज हैन बुधबार दिउँसो छोरी जन्मिएकी हुन् ।

रातोपाटीसँग कुरा गर्दै बालेन पत्नी सबिनाले भनिन्–‘छोरी पाएको हो भनेर फोन आएको आयै छ । मैले कहाँ छोरी पाएको हुनु । मिडियामा पनि मैले छोरी जन्माएको भनेर लेखिराछन् । कसरी समाचार लेख्छन् भनेर हाँसो लागिरहेको छ । बालेनको हैन उहाँका दाजुको हिजो छोरीको जन्म भएको हो ।’ लगातार फोन आएर आफू हैरान भएको उनको भनाइ छ ।

यो पनि.. ललितपुर महानगरमा नौ वडाको गणना सकियो
ललितपुर, ५ जेठ (रासस)ःललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)ले दुई र नेकपा एमालेले एक र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडा नं ४ मा सन्तोष खड्का, वडा नं ६ मा रुपेन्द्रराज शाक्य, वडा नं ७ मा कुलबहादुर महर्जन वडा नं ८ मा बाबुरत्न महर्जन र वडा नं १० मा रवीन व्यञ्जनकार विजयी हुनुभएको छ । वडा नं २ मा नेकपा एकीकृत समाजवादीका राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी हुनुभएको छ । वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नं ५ मा एमालेका विकासमान श्रेष्ठ विजयी हुनुभएको छ । हाल वडा नं ९, ११ र १२ को गणना जारी छ ।

वडा नं १० मा यसअघि १० पटकसम्म सोही स्थानबाट विजयी हुनुभएका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार विजयी हुन सक्नुभएन । रविनले ८२५ मत पाउनुभएको छ भने निकटम प्रतिस्पर्धी नरसिंहले ५७८ मत पाउनुभएको छ । महानगरमा २९ वडा रहेकामा हालसम्म नौ वडाको मात्रै परिणाम आएको छ । शुक्रबार मतदान भएपछि शनिबारदेखि मतगणना सुरु भएको थियो । सुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल तीन वडाको एकै पटक गणना भइरहेको छ । अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ ।

महानगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १७ हजार ७०० र नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले नौ हजार ५४४ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले नौ हजार ६६६ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले छ हजार २८ मत पाउनुभएको छ ।-रातोपाटी

प्रतिकृया दिनुहोस्