भरतपुर । भरतपुर महानगरपालिकाको प्रमुख (मेमयर) पदमा गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालको अग्रता तीव्र गतिमा अघि बढेको छ । दाहालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीभन्दा ३२७९ मतसहित फराकिलो मतले अग्रता लिएकी छन् ।
पछिल्लो प्राप्त मत परिणामअनुसार दाहालले १६६८९ मत ल्याउदा सुवेदीले १३४१० मत पाएका छन् । स्वतन्त्रतर्फ जगन्नाथ पौडेलले
६९१५ मत पाएका छन् ।
उपप्रमुख (उपमेयर) तर्फ नेपाली कांग्रेसका चित्रसेन अधिकारी १९३१२ मतसहित अगाडि बढेका छन् भने उनलाई राप्रपाकी हिमला गुरुङ १०७७९ मतसहित पछ्याइरहेकी छन् ।
यो पनि.. काठमाडौं महानगरको मतगणना चलिरहँदा वडा नम्बर २७ मा बालेन शाहलाई केही धक्का लाग्ने देखिएको छ ।वडा नम्बर २७ मा ३०० मतको गणना सकिएको छ । अहिलेसम्मको मतगणनामा एमालेका उम्मेदवार केशव स्थापितले फराकिलो अग्रता लिइरहेका छन् ।
प्राप्त विवरणअनुसार ३०० भोटमा स्थापित एक्लैले १४८ भोट ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालन साहको ४३ भोट र नेपाली कांग्रेसकी सिर्जना सिंहको ४१ भोट छ ।यस वडामा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमील पनि उल्लेख्य भोट ल्याइरहेका छन् । चौंथो स्थानमा रहेका उनको चुनावचिन्ह आँखिझ्यालमा अहिलेसम्म ३१ भोट आइसकेको छ ।
वडा नम्बर ८ मा सिर्जना अगाडि
यस्तै काठमाडौंको वडा नम्बर ८ को पनि मतगणना जारी छ । यस वडामा ६०० मतको गणना सकिँदा सिर्जना सिंहले अग्रस्थानमा रहँदो १९५ भोट ल्याएकी छन् । एमालेका स्थापित र स्वतन्त्र उम्मेवार बालेनको समान १५०/१५० भोट छ ।
विराटनगर, ५ जेठ (रासस) :गएको शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।
धरान उपमहानगरपालिका
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसारमा पछिल्लो परिणामअनुसार धरान उपमहानगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेसका किशोर राईले छ हजार ९६५ मत प्राप्त गरी अग्रता कायम राख्नुभएको छ भने सोही पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले छ हजार ८५७ र नेकपा एमालेका मञ्जु भण्डारी सुवेदीले पाँच हजार ५४२ मत प्राप्त गरी पछ्याइरहनुभएको छ ।
स्वतन्त्र उम्मेदवार हर्कले कांग्रेसका उम्मेदवार राईभन्दा १०८ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का अइन्द्रविक्रम बेघा सात हजार ७६२ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी एमालेका पद्मप्रसाद लिम्बूले सात हजार ३३५ मत प्राप्त गरी पछ्याइरहनुभएको छ ।
बीस वटा वडा रहेको धरानमा ११ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । चार वटा वडामा वडाध्यक्ष नेपाली कांग्रेस, छवटा वडामा वडाध्यक्ष नेकपा एमाले र एकमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् ।
इटहरी उपमहानगरपालिका
इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले ११ हजार ५३५ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ । एमालेका यामबहादुर चुङवाङ सुब्बाले नौ हजार २११ मत प्राप्त गरी पौडेललाई पछ्याइरहनुभएको छ । उपप्रमुखमा एमालेका सङ्गीताकुमारी चौधरीले १० हजार ३२३ मत प्राप्त गरी अग्रता लिनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले सात हजार ६७ मत प्राप्त गर्नुभएको छ ।
बीस वटा वडा रहेको यस पालिकामा छ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा दुई वटा वडामा वडाध्यक्ष नेपाली कांग्रेस र चार वटा वडामा नेकपा एमालेका उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्