Saturday, April 1

स्वतन्त्र उम्मेदवार हर्कराज राईको धरानमा अग्रता कायमै ,यस्तो छ पछिल्लो मतान्तर

May 19, 2022 626

काठमाडौं । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसका किशोर राईलाई ६२० मतान्तरले पछि पार्दै स्वतन्त्र उम्मेदवार हर्कराज राईले आफ्नो अग्रतालाई निरन्तरता दिएका हुन् ।

पछिल्लो ताजा मत परिणाम अनुसार हर्कराज राईले ९,१४० मत प्राप्त गरेका छन् । त्यस्तै उनका प्रतिस्पर्धी किशोरले ८,४७९ मत प्राप्त गरेका छन्, भने नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ६,९४६ मत प्राप्त गरेकी छन् ।

यता उममेयरमा भने नेकपा (माओवादी केन्द्र)का अइन्द्र विक्रम बेघाले ८,८८५ मतका साथ अगाडि रहेका छन् । उनलाई नेकपा एमालेका पदम प्रसाद लिम्बूले ८,५०८ मतका पछ्याइरहेका छन् ।

प्रतिकृया दिनुहोस्