Sunday, April 2

सुरूङ्गा नग’ रपालिकाले पायो पहिलो महिला मेयर , को हुन् त उनी ?

May 20, 2022 513

सप्तरी / सप्तरीमा पहिलोपटक नगरपालिका प्रमुखमा महिला विजयी भएकी छन् । स्थानीय तह निर्वाचन अन्तर्गत विहीबार विहानै सप्तरीको सुरूङगा नगरपालिकाको मेयरमा गीता चौधरीले जीत हाँसिल गरेकी हुन् ।

नेपाली कांग्रेसकी चौधरीले सात हजार दुई सय ९२ मत ल्याउँदा एकीकृत समाजवादीका रामनारायण चौधरीले चार हजार, एक सय १७ र जनता समाजवादीका साबीर अलीले तीन हजार छ सय ६८ मत ल्याएका छन् ।

त्यस्तै नगर उपप्रमुखमा नेकपा (एमाले)का सलिम कुमारी पासवान, माओवादी केन्द्रका शिव कुमार राम र एकीकृत समाजवादीका सुनिता कुमारी मुखियालाई हराउँदै नेपाली कांग्रेसका रुद्रबहादुर कार्की निर्वाचित भएका छन् ।

कार्कीले छ हजार दुई सय ७५ मत ल्याउँदा एमालेकी पासवानले दुई हजार एक सय तीन, माओवादी केन्द्रका रामले दुई हजार चार सय ६७ र एकीकृत समाजवादीकी सुनिता कुमारी मुखियाले तीन हजार नौ सय ९८ मत प्राप्त गरे । – ललिता शाह / न्यूज 24 नेपाल बाट ।

यो पनि :- विराटनगर महानगर : कोइराला थापाभन्दा ४९१९ मतले अगाडि : विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख (मेयर) पदमा नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै रहेको छ । कोइराला निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाभन्दा ४९१९ मतले अघि रहेका छन् ।

पछिल्लो प्राप्त मतगणनाअनुसार कोइरालाले १९६२८ मत पाएका छन् भने थापाले १४७०९ मत पाएका छन् । उनीहरु दुवैलाई उमेशकुमार यादव (स्वतन्त्र) ले ६२५१ मत, राप्रपाका प्रह्लादप्रसाद साह हलुवाईले ३७८१े मतका साथ पछ्याइरहेका छन् ।

उपमेयरतर्र्फ एमालेकी शिल्पा कार्कीको अग्रता रहेको छ । उनले

१६९९४ मत पाउँदा उनका प्रतिस्पर्धीहरु अमरेन्द्र यादव (जनता समाजवादी पार्टी, नेपाल) ले १००२७, विन्दाकुमारी लुइटेल आचार्य (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले ४५९१ र नमिता न्यौपाने (स्वतन्त्र) ले ३५८८ मत पाएकी छन् ।

प्रतिकृया दिनुहोस्