May 20, 2022 481
काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र साहले झण्डै २७ हजार मत ल्याएका छन्।
पछिल्लो परिणामअनुसार बालेनले २६ हजार ९ सय २८ मतसहित अग्रता कायमै राखेका छन्। नेकपा एमालेका केशव स्थापितले १४ हजार १ सय ६५ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले १३ हजार ५ सय ६२ मत ल्याएका छन्।
उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोलले २५ हजार बढी मत ल्याएकी छन्। उनलाई पछ्याइरहेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको ७ हजार मत छ।
प्रतिकृया दिनुहोस्